मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने

 

भक्तपुर, माघ २ः कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।  मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरिएको निर्णयानुसार विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिए । यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यालय सञ्चालनका लागि विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रममापन गर्ने व्यवस्था मिलाउने, सबै विद्यालय र शिक्षकले सङ्क्रमणकालीन योजना बनाउनुपर्ने निर्देशन दिइएको वनले बताए ।

त्यसैगरी स्वास्थ्य मापदण्डपालना हुनेगरी कक्षा कोठामा बसाइको व्यवस्था मिलाई सहज सिकाइएको व्यवस्था गर्नुपर्ने, विद्यार्थी र शिक्षक विद्यालय आउनजान सवारीसाधनको प्रयोग गर्नुपर्ने भए स्वास्थ्य मापदण्डको पालना गर्ने गराउने र कोभिड– १९ सङ्क्रमितको सङ्ख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा नगरपालिकाभरि सूचना जारी गरी कुनै पनि समयमा विद्यालय बन्द गर्न सकिने निर्देशनसमेत दिइएको छ ।

यसैबीच विद्यालय सञ्चालन गर्न नगरपालिकाले शुल्कसमेत निर्धारण गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयले मासिक शिक्षण शुल्क तहगत र श्रेणीगत रुपमा शैक्षिक सत्र २०७६ का लागि नगरपालिकाबाट तोकिएको शुल्क शैक्षिक सत्र २०७७ का लागि कायम गर्ने निर्णय गरेको छ । त्यसैगरी नगरपालिकाले शैक्षिक सत्र २०७७ का लागि वार्षिक शुल्क ५० प्रतिशत मात्र लिने व्यवस्था गर्न निर्देशन समेत दिएको छ ।

विद्यालयले विद्यार्थीसँग शुल्क लिँदा सम्बन्धित विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सम्बन्धित विद्यार्थी वैकल्पिक प्रणालीमा सहभागी भएको समयको मात्र मासिक शुल्क लिन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र