January 12, 2021

सुनसान सिंहदरवारः मन्त्रीहरु सरकारभन्दा पार्टीको काममा व्यस्त !

काठमाडौं,पुस २८, उर्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘के गर्नु ! विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो, सरकारको काम पनि गर्नैप¥यो ।’ उनले अहिले आफूहरुको प्राथमिकता चुनावमा एक्लै दुई तिहाइ ल्याउने भएकाले त्यतैतिर केन्द्रीत भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली गत चैतदेखि सिंहदरबारमा पाइला टेकेका छैनन् । उनको कार्यकक्षमा छिर्ने ढोका बाहिरैदेखि ड्याम्मै बन्द छ । उनको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण पनि बालुवाटारमा हुने बैठकहरु सार्वजनिक बहसको विषय बनेका थिएनन् । तर पार्टी विभाजनपछि देखिएको अत्यधिक सक्रियताले भने सडकमा जान सक्ने ओली सिंहदरवार किन जान सकेनन् भन्ने प्रश्न उब्जाएको छ । प्रज्ञा भवन र पार्टी प्यालेससम्मका कार्यक्रममा ओलीले मञ्चमै उभिएर घण्टौँ भाषण गरे । यसले सरकारको काम कम र पार्टीको काममा बढी केन्द्रीत हनु नयाँ पुराना मन्त्रीलाई प्रोत्साहन गरेको छ ।

मन्त्रीहरुको जिज्ला आउजाउले पछिल्ला मन्त्रिपरिषद् बैठकहरुसमेत खालीखाली देखिन्छन् । आइतबार मन्त्रिपरिषद्को बैठकमा २२ मध्ये १२ जनामन्त्री सहभागी थिए । सिंहदरबारभित्रका सबै मन्त्रालयको चक्कर मार्दा दृश्य लगभग त्यस्तै देखियो । २२ मध्ये १४ जनाको कार्यकक्ष खाली थियो । तीनमध्ये २ राज्यमन्त्री आफ्नो च्याम्बरमा भेटिएनन् ।

आजकोकान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र