ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन

एजेन्सी, पुस २५ः सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता स्थायीरुपमा निलम्बन गरेको छ । ट्रम्पले हिंसालाई उकास्ने खतरा रहेको कारण ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको ट्वीटरलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गरी मानिसहरूको हत्या गरेका थिए । घटनापछि ट्रम्पको खातामा १२ घण्टे प्रतिबन्ध लगाएको ट्वीटरले ट्रम्पको खाता अस्थायी रुपमा निलम्बन गरेको हो ।

यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पद तथा गोपनीयताको शपथ कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन् । ट्रम्पले ट्वीट गर्दै यस्तो जानकारी दिएका छन् । संसद हमलाको घटना लगत्तै सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो ।

१२ घण्टापछि ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने लेखेका थिए । त्यसपछि अर्को ट्वीटमा आफू जनवरी २० मा आयोजना हुने शपथमा आफू सहभागी नहुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि