प्रारम्भिक सर्वेक्षणबाट रेल्वे निर्माणको लागत झन्डै सात अर्ब रुपियाँ रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । तिलोत्तमा नगरपालिकाको ५२ किलोमिटर लामो चक्रपथमा सञ्चालन हुने उक्त ट्राम÷रेल्वे निर्माणमा समुदायको लगानी रहने नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । हालसम्म ५०५ जनाले प्रतिव्यक्ति एक लाख रुपियाँको दरले सेयर लगानी गरेको रेल्वे कम्पनीका सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी दिए । कुल ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेसन बनाइने छ । पहिलो चरणमा दुई वर्षभित्र योगीकुटीदेखि रोहिणी नदीको जलाशयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने घिमिरेले बताए ।
नगरप्रमुख घिमिरेले सामुदायिक रेल्वे निर्माण र सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्वमहाप्रबन्धकसमेत रहेका रेल्वे कम्पनीका प्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भनेअनुसार रेल्वे सेवा सञ्चालन गरिने बताए ।
काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको