प्रचण्ड र नेपालप्रति आक्रामक ओली

काठमाडौं,पुस २०, प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्नमै खर्चिएका छन्। ओली दाहाल–नेपाल समूहलाई लक्षित गरेर कडा अभिव्यक्ति दिइरहँदा सो समूहले पनि सरकारविरुद्ध एकमहिने आन्दोलन घोषणा गरेको छ।  

दाहाल–नेपाल समूहले ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको, ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएपछि जवाफ दिने क्रममा उनले आक्रामक अभिव्यक्ति दिन थालेका हुन्। दाहाल–नेपाल समूहले ओलीलाई व्यवस्थाविरोधी भन्दै प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमनतर्फ फर्कनु हो भन्दै आएको छ।  

यस आरोपको खण्डन गर्र्ने क्रममा आइतबार आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहालले कार्यकारी अधिकार पाएपछि पार्टीमा उपद्रो मच्चाएको टिप्पणी गरे। ‘मैले के कार्यकारी पद र अधिकार दिएको थिएँ, अत्यन्त उपद्रो मच्याउनुभयो। अहिलेलाई हटाएको छु तर अध्यक्ष भने कायमै राखेको छु। म उहाँलाई भन्न चाहन्छु अहिले पनि  आउनुस्,’ ओलीले भने। उनले वरिष्ठ नेताहरूको पनि पद कायमै रहेको बताए ।प्रधानमन्त्री ओलीले शनिबार मात्रै काठमाडौं जिल्लाका कार्यकर्तासँग दाहाल–नेपाललाई भेट्नो कुहिएर झरेका दुई फल, खिया लागेका नटबोल्टु जस्ता शब्दले सम्बोधन  गरेका थिए।

आइतबार ओलीले दाहाल–नेपाललाई लक्षित गर्दै सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो सम्म भन्न भ्याए। उनले प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि समेत व्यंग्य गरे। ‘श्रेष्ठलाई पार्टी प्रवक्ता तोकेको थिएँ, साह्रै बढी दुर्गन्ध फैलाउने काम गरे।  त्यसकारण प्रवक्ताबाट हटाएको छु, सचिवालयमा  भने यथावत् नै राखिएको छ,’ उनले भने। ओलीले सूर्य चिह्नआफ्नै समूहको हुने दाबीसमेत गरे। ‘चिन्ता नलिनुहोस्, सूर्य चिह्न हामीले नपाए कसले पाउँछ त ? सूर्य चिह्नअरूको हुँदैन,’ उनले भने।  

ओलीले दाहाल–नेपालप्रति लक्षित गर्दै कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म षड्यन्त्रका बैठक गरेको आरोप लगाए। ‘मैले आज मात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको अर्याल होटलमा उहाँहरूले ३ सय १५ वटा बैठक गर्नुभएछ,’ ओलीले भने।  

प्रधानमन्त्री ओलीले वैशाखमै चुनाव हुने कुरामा विश्वस्त पार्न खोज्दै कोहीकसैलाई भ्रममा नपर्न आग्रहसमेत गरे। उनले दाहाल–नेपाललाई पार्टीको बैठकमा आउन आग्रह गर्दै अपराधलाई माफी दिनेसमेत बताए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक