‘लोडसेडिङ हुने अवस्था छैन’

काठमाडौं ,पुस १८, नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको दाबी गरे।

‘मंसिर १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय आएको समस्याले वितरणमा अवरोध सिर्जना भयो,’ उनले भने, ‘गत सोमबार एकीकृत राष्ट्रिय प्रणालीमा साँझ ६ः२५ बजे १ हजार ४ सय ३१ मेगावाटको लोड थियो। सो समयमा खिम्ती–लामोसाँघु–भक्तपुर, मातातीर्थ–हेटौंडा–ढल्केवर प्रसारण लाइन एउटै लुपमा सञ्चालित थियो। सोही समयमा मर्स्याङदी जलविद्युत् केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतम भएपछि प्रणाली सुचारु राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने बिजुलीको मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती–लामोसाँघु प्रसारण लाइन ओभरलोड हुन गई सिस्टम ट्रिप भयो।’

प्राधिकरणले सो समस्या निराकरणका लागि दिउँसोको समयमा भारतबाट आयात बढाई अर्ध जलाशय जलविद्युत् केन्द्रको रिर्जवायर बढाएर राख्ने र साँझको पिक आवरमा सप्लाई गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ। प्राधिकरणले कमजोर प्रसारण लाइनमा विशेष ध्यान दिँदै आएको बताएको छ। ‘सिस्टममा समस्या आएर मर्मतसम्भार गर्दा लोडसेडिङ भनेर सामाजिक सञ्जालमा भ्रम फैलाउनु गलत हो,’ उनले भने, ‘लोडसेडिङ हुने अवस्था छैन। ढुक्क भएर बिजुली उपयोग गर्नुहोस्।’

निमित्त प्रबन्ध निर्देशक शाक्यले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा उपत्यकामा विद्युत् सटडाउन हुने समयसमेत घटेको तथ्यांक सार्वजनिक गरे। ‘गत वर्षको साउनदेखि मंसिरको अवधिमा भएको विद्युत् सटडाउनभन्दा चालु आर्थिक वर्षमा कम भएको छ,’ उनले भने, ‘यो वर्ष मात्रै होइन, बिजुलीमा हरेक वर्षजस्तै समस्या आइराखेका हुन्छन्।’ शाक्यले गत वर्ष साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा सिस्टम फ्युज हुने क्रममा कमी आएको दाबी गरे। ‘गत वर्ष साउनमा २२ पटक सिस्टम फ्युज भएको थियो। त्यो बेला छोटो समयमै समस्या समाधान भएकाले धेरै ग्राहकले थाहै पाउनुभएन होला,’ उनले भने, ‘यो वर्ष पनि साउनमा १० पटक सिस्टम फ्युज भएको थियो। तर कसैले थाहा पाएनन्।’ यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र