‘दाहाल–नेपालले काम गर्नै दिएनन्’

काठमाडौं ,पुस १६, २०७७ ,प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालले काम गर्न नदिएकै कारण प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  

दाहालले सधैं सत्ता र अर्का नेता नेपालले सम्मान मात्र खोजेर सरकारलाई काम गर्न नदिएको आरोप लगाउँदै ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने आफ्नो रहर नभएर बाध्यता भएको स्पष्ट पारे । उनले तोकिएको समयमै निर्वाचन हुने बताए ।  

ओलीले पार्टी एकता, संविधान कार्यान्वयन र स्थायित्वका लागि पार्टीमा दाहाल र नेपाललाई दिएको बहुमतको दुरुपयोग भएको बताए । पार्टीभित्र दाहाल र नेपाल समूहसँग बहुमत छ भन्ने कुरा आफूलाई राम्रोसँग जानकारी भएको जिकिर गर्दै ओलीले भने, ‘त्यो संख्या एकता र यो देश बनाउनका लागि दिइएको थियो ।’ यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै