प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्। राजनीतिक रूपमा नेकपा दुई पार्टीमा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष आ–आफ्नो शक्तिसञ्चयमा जुटेका बेला तत्कालीन माओवादी केन्द्रका केही नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको हो।
२०७४ फागुन ३ गते प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका ओलीले शुक्रबार टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, मणि थापा, दावा लामा, प्रेम आले, जुली महतो र विमला विश्वकर्मालाई मन्त्री बनाएका हुन्। थपिएका मन्त्रीमा रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, साह सहरी विकास, चौधरीले श्रम तथा रोजगार, ठगुन्नाले सामान्य प्रशासन तथा संघीय मामिला, थापाले खानेपानी तथा सरसफाइ, लामाले युवा तथा खेलकुद, आलेले वन तथा वातावरण र महतोले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ। रायमाझी, साह, थापा, चौधरी, तामाङ र विक तत्कालीन माओवादी केन्द्रनिकटका नेता हुन्। उनीहरू पछिल्लो समय दाहालसँग असन्तुष्ट थिए।
प्रधानमन्त्री ओलीले मन्त्रीहरू हृदयेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फे र लीलानाथ श्रेष्ठको जिम्मेवारी हेरफेर गरेका छन्। त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या, कृष्णगोपाललाई शिक्षा, विज्ञान तथा प्रविधि, ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्याललाई कृषि तथा पशुपक्षी, तुम्बाहाङ्फेलाई भूमिसुधार र लीलानाथलाई न्याय, कानुन तथा संसदीय मामिलाको जिम्मेवारी तोकिएको छ। नवनियुक्त मन्त्रीहरूले शुक्रबार साँझ नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८० अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णयपछि दाहाल र नेपालनिकट सात मन्त्रीले पदबाट राजीनामा दिएका थिए। रिक्त मन्त्रालयमा दाहाल र नेपालसँग असन्तुष्ट अधिकांश नेताहरूलाई ओलीले जिम्मेवारी दिएका छन्। यसअघि प्रधानमन्त्री ओलीले २०७४ फागुन ३, फागुन १४, २०७५ जेठ १८, साउन १८, फागुन १६ गते मन्त्रिपरिषद् हेरफेर गरेका थिए। त्यस्तै २०७६ साउन १५, मंसिर ४, फागुन ५, फागुन ८, फागुन २१ र २०७७ असोज २८ गते मन्त्रिपरिषद् थपघट तथा हेरफेर गरेका थिए। मन्त्रिपरिषद् हेरफेरलगत्तै प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै मन्त्रिपरिषद्को बैठक राखेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र