धरहरा निर्माणको भौतिक प्रगति ९० प्रतिशत र धरहरा पुनर्निर्माण आयोजनाको कुल भौतिक प्रगति र आर्थिक प्रगति ५० प्रतिशत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भुइँतलासहित २४ तलाको धरहरा निर्माण भइरहेको छ । बाँकी तलाको निर्माण यसै महिनाभित्र सम्पन्न हुने प्राधिकरणाले जनाएको छ । त्यसैगरी ‘मिन्ट’ र ‘अर्थक्वेक’ सङ्ग्रहालयको जग निर्माणको आधा काम भइसकेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले धरहराको २०औँ तलाको निर्माण सम्पन्न भएको जानकारी दिए । अहिलेसम्म तीन अर्ब ४८ करोड रुपियाँमध्ये एक अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ । करिब छ सय मोटरसाइकल र चार सय गाडी पार्किङ गर्न मिल्ने गरी निर्माणाधीन पार्किङको आधा काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।
धरहराको निर्माणको समयावधि थपेर २०७८ साल असार १६ गतेसम्म रहेकोमा सो अवधिमा सम्पूर्ण निर्माण सम्पन्न हुन नसक्ने इन्जिनियर मानन्धरले स्पष्ट पारे । दुई वर्षभित्र सम्पन्न गर्ने गरी धरहरा निर्माणका लागि प्राधिकरण र निर्माण कम्पनीबीच २०७५ असोज १४ गते सम्झौता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो । जीआई ईटीसी र रमन कन्स्ट्रक्सन कम्पनी (जेभी)ले धरहरा निर्माणको जिम्मा पाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र