धरहरा निर्माणको भौतिक प्रगति ९० प्रतिशत र धरहरा पुनर्निर्माण आयोजनाको कुल भौतिक प्रगति र आर्थिक प्रगति ५० प्रतिशत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भुइँतलासहित २४ तलाको धरहरा निर्माण भइरहेको छ । बाँकी तलाको निर्माण यसै महिनाभित्र सम्पन्न हुने प्राधिकरणाले जनाएको छ । त्यसैगरी ‘मिन्ट’ र ‘अर्थक्वेक’ सङ्ग्रहालयको जग निर्माणको आधा काम भइसकेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले धरहराको २०औँ तलाको निर्माण सम्पन्न भएको जानकारी दिए । अहिलेसम्म तीन अर्ब ४८ करोड रुपियाँमध्ये एक अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ । करिब छ सय मोटरसाइकल र चार सय गाडी पार्किङ गर्न मिल्ने गरी निर्माणाधीन पार्किङको आधा काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।
धरहराको निर्माणको समयावधि थपेर २०७८ साल असार १६ गतेसम्म रहेकोमा सो अवधिमा सम्पूर्ण निर्माण सम्पन्न हुन नसक्ने इन्जिनियर मानन्धरले स्पष्ट पारे । दुई वर्षभित्र सम्पन्न गर्ने गरी धरहरा निर्माणका लागि प्राधिकरण र निर्माण कम्पनीबीच २०७५ असोज १४ गते सम्झौता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो । जीआई ईटीसी र रमन कन्स्ट्रक्सन कम्पनी (जेभी)ले धरहरा निर्माणको जिम्मा पाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड