नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

काठमाडौं,पुस ९, २०७७ ,औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता चोर्न नदिन विभिन्न उपाय अवलम्बन गरिरहेका छन् । दाहाल–नेपालनिकट नेताहरू बुधबार दिनभर नै आफ्ना निकटहरूसँग सम्पर्कमा रहे । ओली पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई हटाएर नेपाल पक्षका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी पनि उक्त समूहमा भइरहेको छ ।

त्यसैगरी नेपाल पक्षबाटै पार्टीको महासचिव चयन गर्ने तयारी पनि भएको छ । महासचिवको नाम भने तय भइसकेको छैन । भीम रावल र सुरेन्द्र पाण्डेमध्ये एकजना महासचिव चयन हुने नेपालनिकट नेताले बताए । महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि उनको स्थामा महासचिव छान्न लागिएको हो । पार्टी एकता कायम रहेको बताउँदै आएका दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठकबाटै महासचिव छान्ने र अन्य केन्द्रीय सदस्य थप गर्ने भएको हो । दाहाल–नेपाल समूहका नेताहरूले जिल्लाजिल्लाबाट केन्द्रीय सदस्यका लागि उपयुक्त हुने नाम संकलन गरिरहेका छन् । उनीहरूले एकदुई दिनभित्रै पूर्वएमालेका तर्फबाट प्रतिनिधित्व गर्नेगरी करिब १ सय ४० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेको स्रोतको दाबी छ । ‘ओली समूहतिर रहनुभएका साथीहरूका स्थानमा पूर्वएमालेकै साथीहरूलाई मनोनयन गरिनेछ,’ नेता माधवकुमार नेपालनिकट एक नेताले भने ।  

ओली समूहको यसअघि नै महाधिवेशन आयोजक कमिटी बनाएर शपथ ग्रहण गराइसकेको छ । साथै बुधबार सातै प्रदेश भेला गरेर पार्टीभित्र देखिएको अन्योल र पार्टी विभाजन हुनुको कारण तथा अबको रणनीतिबारे केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिएको छ । सो समूहले प्रदेश भेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरूमा आयोजना गरेको थियो । प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तीसपुतली, प्रदेश २ को अनामनगरस्थित एक निजी कलेज, बागमती प्रदेशको रोयल पार्टी प्यालेस तीनकुने, गण्डकी प्रदेशको सहकारी बोर्डको अफिस पुल्चोक, लुम्बिनी प्रदेशको इन्द्रेणी ब्यांकेट नयाँ बानेश्वर, कर्णाली प्रदेशको एसियन पार्टी प्यालेस सुकेधारा र सुदूरपश्चिम प्रदेशको कार्निभल रेस्टुरेन्टमा भएको थियो ।

ओली समूहले प्रदेश १ को भेलामा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि तथा र डा. शिवमाया तुम्बाहाङ्फेलाई खटाएको थियो ।  

प्रदेश २ को भेलामा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो खटिएका थिए । वाग्मती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पदमा अर्याल, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि तथा र गोमा देवकोटा खटिएका थिए । कर्णाली प्रदेशको भेला शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे खटिएका थिए । भेलामा राजधानीमा उपलब्ध ओली समूहका नेता तथा कार्यकर्ता सहभागी थिए । मंगलबार मात्रै महाधिवेशन आयोजक कमिटी गठन गरेको यो समूहले सातै प्रदेशको भेला राखेको हो । बिहीबार ओली समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले