हिम्मत छ भने प्रचण्ड र माधव नेपालले मध्यवधि निर्वाचनमा भाग लिन सक्नुपर्छ:रायमाझी

८ पुष २०७७, नेकपा ओली समूहले आज बागमति प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा बोल्दै नेता टोपबहादुर रायमाझीले पदका लागि पाँचवर्ष पनि कुर्न नसक्ने प्रचण्ड र माधव नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताएका छन् ।

कार्यक्रममा उनले गर्जंदै भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर राम्रो गर्नुभएको छ । हिम्मत छ भने प्रचण्ड र माधव नेपालले मध्यवधि निर्वाचनमा भाग लिन सक्नुपर्छ । अन्यथा,नयाँ जनादेशमा जान नसक्ने र चुनावमा हार्ने डरले सडक आन्दोलन गरेर प्रधानमन्त्री र अध्यक्ष खोज्ने कुन तरिका हो ?’ रायमाझीले प्रचण्डलाई आफूचाहिँ ३० वर्षसम्म पार्टी अध्यक्षमै बस्नुपर्ने अनि अहिले प्रधानमन्त्री पनि चाहिने यो कस्तो इच्छा हो ? भन्ने प्रश्न गर्दै अहिलेको अवस्था त्यसैको परिणाम भएको बताए ।

प्रमुख अतिथिको रूपमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाइ थियो- पार्टी एकतापछि सरकारले मुलुकमा तीव्र विकास गरिरहेको बेला नियोजित ढंगले पार्टीभित्र बिस्तारै झिना मसिना विवादलाई प्रवेश गराउँदै सरकारलाई असफल बनाउन खोजेपछि संसद विघटन गर्न बाध्य पारियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी