‘ओली सरकारकै कारण राजा आऊ देश बचाऊ भनिरहेका छन्’

काठमाडौं, मंसिर ३०, २०७७ ,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनमतको घोर अपमान गरेको बताएका छन्। सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको कांग्रेसका नेताहरूले शासन सञ्चालन गर्ने नैतिक र राजनीतिक आधार ओलीले गुमाइसकेको दाबी गरे। जनादेशअनुसार कांग्रेस पाँच वर्ष ढुक्कैले प्रतिपक्षी बन्न तयार भएर नै ओलीको राजीनामा नमागेको स्पष्ट पार्दै कांग्रेस नेताहरूले भने, ‘केपी ओलीकै पार्टीका बहुमत नेताले सरकार नालायक र भ्रष्ट भयो भनेर प्रधानमन्त्रीको राजीनामा मागेका हुन्, हामीले होइन।’

उल्लेख्य जनसहभागिता रहेका सभालाई सम्बोधन गर्दै उनीहरूले सरकारको गैरजिम्मेवारीका कारण जनतामा तीव्र वितृष्णा आएको दाबी पनि गरे। जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध औला उठाउने र सडकमा नारा लगाउने अवस्था आउनुको मुख्य कारण वर्तमान सरकार नै भएको उनीहरूको भनाइ थियो। ‘ओली सरकारकै कारण राजा आऊ देश बचाऊ भनिरहेका छन्,’ कांग्रेस सभापति शेरबहादुर देउवाले हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘नत्र कहाँबाट हिम्मत अहिले राजातन्त्रको पक्षमा जुलुस निकाल्ने ? यसमा कम्युनिस्ट सरकार जिम्मेवार छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुक अब फर्कन नसक्ने दाबी गर्दै सभापति देउवाले त्यसविरुद्ध गए राणा, पञ्चायत र राजाजस्तै कम्युनिस्टहरू पनि सकिने बताए। ‘गणतन्त्र स्थायी हो। यो व्यवस्थाभन्दा राम्रो व्यवस्था अन्य कुनै छैन,’ देउवाले भने, ‘केही कमजोरी रहेछ भने सुधार गर्दै अघि बढ्छौं।’

संविधानसभाबाट जारी नयाँ संविधानको मर्मविपरीत सरकार एकदलीय अधिनायकवाद स्थापना गर्न लागि परेको आरोप लगाउँदै कांग्रेस नेताहरूले वर्तमान सरकारले राज्यका सबै निकायलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको दाबी गरे। ‘मैले त कम्युनिस्टले जिते भने राम्रोसँग हाँस्न पाइँदैन, रून पनि पाइँदैन भनेको थिएँ। अहिले कोही खुलेर रोयो भने पनि ओली सरकारले जेल हाल्छ,’ देउवाले भने, ‘जनतालाई लेख्ने, बोल्ने अधिकारमाथि नै बन्देज लगाएर सर्वसत्तावाद लागू गर्न खोजिएकाले बाध्य भएर सडकमा आउनुपरेको हो।’ यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र