December 13, 2020

यसरी लुम्बिनी विकास कोष फस्यो चरम आर्थिक संकटमा

बुटवल, मंसिर २८ः भगवान् बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र परिसर ८ महिनापछि सर्वसाधारणका लागि खुला गरिए पनि पर्यटक आगमनको अवस्था शून्यसरह रहेको छ । वर्षभरिमा सबैभन्दा बढी पर्यटक आउने महिना मंसिर भए पनि कोरोनाको कहरले गर्दा यो महिना शून्यसरह रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विशेष गरी लुम्बिनीमा नोभेम्बरदेखि मार्च महिनासम्म पर्यटक तथा तीर्थालु आउने महिना भए पनि कोरोना कहरले यी महिनामा अन्तर्राष्ट्रिय नाका, सीमावर्ती स्थलनाका र नेपालमा लकडाउन हुँदा लुम्बिनीमा प्रवेश निषेध भएकाले ठूलो आर्थिक संकट परेको छ ।

सरकारी स्वामित्वको लुम्बिनी विकास कोष भए पनि सरकारले केवल लुम्बिनीमा भौतिक पूर्वाधार निर्माणका लागि मात्र बजेट उपलब्ध गराउने र अन्य प्रशासनिक तथा चालू खर्च भने विकास कोषले आन्तरिक आम्दानीबाट व्यवस्था गर्नुपर्ने भएकाले निकै आर्थिक समस्या भएको कोषका सदस्य सचिव सानुराज शाक्यले बताए ।

चालू खर्चतर्फ मासिक १ करोड रुपियाँ खर्च आउने लुम्बिनी विकास कोषमा ८ महिनासम्म १ रुपियाँ पनि आम्दानी नहुँदा निकै समस्या भएको र कोषमा काम गर्ने ज्यालादारी कर्मचारीलाई महिनामा केवल १५ दिनको मात्र तलब उपलब्ध गराउने गरेको सदस्य सचिव शाक्यले बताए । कोषमा दैनिक ज्यालादारी, करार र स्थायी गरी २ सय ६० जना कर्मचारी कार्यरत रहेका छन् ।

कोषमा रहेको मौज्दात रकमबाट ८ महिनाको खर्च जेनतेन व्यवस्थापन गरिएको र अब पनि यो अवस्था लम्बिएमा कोषमा आर्थिक संकट उत्पन्न हुने समेत सदस्य सचिव शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक