December 13, 2020

यसरी लुम्बिनी विकास कोष फस्यो चरम आर्थिक संकटमा

बुटवल, मंसिर २८ः भगवान् बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र परिसर ८ महिनापछि सर्वसाधारणका लागि खुला गरिए पनि पर्यटक आगमनको अवस्था शून्यसरह रहेको छ । वर्षभरिमा सबैभन्दा बढी पर्यटक आउने महिना मंसिर भए पनि कोरोनाको कहरले गर्दा यो महिना शून्यसरह रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विशेष गरी लुम्बिनीमा नोभेम्बरदेखि मार्च महिनासम्म पर्यटक तथा तीर्थालु आउने महिना भए पनि कोरोना कहरले यी महिनामा अन्तर्राष्ट्रिय नाका, सीमावर्ती स्थलनाका र नेपालमा लकडाउन हुँदा लुम्बिनीमा प्रवेश निषेध भएकाले ठूलो आर्थिक संकट परेको छ ।

सरकारी स्वामित्वको लुम्बिनी विकास कोष भए पनि सरकारले केवल लुम्बिनीमा भौतिक पूर्वाधार निर्माणका लागि मात्र बजेट उपलब्ध गराउने र अन्य प्रशासनिक तथा चालू खर्च भने विकास कोषले आन्तरिक आम्दानीबाट व्यवस्था गर्नुपर्ने भएकाले निकै आर्थिक समस्या भएको कोषका सदस्य सचिव सानुराज शाक्यले बताए ।

चालू खर्चतर्फ मासिक १ करोड रुपियाँ खर्च आउने लुम्बिनी विकास कोषमा ८ महिनासम्म १ रुपियाँ पनि आम्दानी नहुँदा निकै समस्या भएको र कोषमा काम गर्ने ज्यालादारी कर्मचारीलाई महिनामा केवल १५ दिनको मात्र तलब उपलब्ध गराउने गरेको सदस्य सचिव शाक्यले बताए । कोषमा दैनिक ज्यालादारी, करार र स्थायी गरी २ सय ६० जना कर्मचारी कार्यरत रहेका छन् ।

कोषमा रहेको मौज्दात रकमबाट ८ महिनाको खर्च जेनतेन व्यवस्थापन गरिएको र अब पनि यो अवस्था लम्बिएमा कोषमा आर्थिक संकट उत्पन्न हुने समेत सदस्य सचिव शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज