मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

काठमाडौं ,मंसिर २५,पुसको अन्तिम सातादेखि  मेलम्ची  खोलाको  पानी  सुरुमा पथान्तरण   गर्ने   तयारी   भएको   छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान  गरी  पानी  पथान्तरण  गर्न  लागिएको खानेपानी  मन्त्रालयले  जनाएको  छ ।

पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ । आयोजनाले  अहिले  सुरुङमा  चारवटा गेटको  फ्रेम  परिवर्तन  गरी  जडान  गरिरहेको छ ।  चारवटा  गेटमध्ये  सिन्धु  र  अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता  रितेश  शाक्यले  जानकारी  दिए ।

उनले  भने,  “ग्याल्थुमको  गेटको  फ्रेम जडान  गरेपछि  पानी  पथान्तरण  गर्न  मिल्नेछ । सुन्दरी  जलको  गेट  पानी  पथान्तरण  गर्दै  गर्दा जडान गर्न मिल्नेछ ।” पानी  पथान्तरणअघि  एसियाली  विकास बैङ्कको  विज्ञ  समूहले  अनुगमन  गर्नेछ । सम्पूर्ण  कामको  पुनरवलोकन  गरेपछि  पानी पथान्तरण गरिने   छ । प्रवक्ता   शाक्यका अनुसार  तीन  चरणमा  पथान्तरण  गरिने  छ ।

पहिलो  चरणमा  सुरङमा  पानी  पठाएर  होल्ड गरिने छ  । तीन   चरणको   पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने छ । सुरुङ   फिनसिङको   काम   सकिएको छ  भने  हेडवक्र्सको  काम  भइरहेको  छ । हाललाई  अ‚थायी  डाइभर्सनबाट  सुरुङमा पानी   पथान्तरण   गरिने   छ  ।

हेडवक्र्स निर्माणको  काम  भइरहेको  छ । सम्झौता अनुसार  हेडवक्र्स  आगामी  माघसम्म  सम्पन्न भइसक्नुपर्ने  छ ।  निरन्तर  काम  भइरहेकाले सम्झौता   अवधिभित्रै   सकिने   सम्भावना रहेको  मेलम्ची  खानेपानी  विकास  समितिले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र