पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ । आयोजनाले अहिले सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ । चारवटा गेटमध्ये सिन्धु र अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।
उनले भने, “ग्याल्थुमको गेटको फ्रेम जडान गरेपछि पानी पथान्तरण गर्न मिल्नेछ । सुन्दरी जलको गेट पानी पथान्तरण गर्दै गर्दा जडान गर्न मिल्नेछ ।” पानी पथान्तरणअघि एसियाली विकास बैङ्कको विज्ञ समूहले अनुगमन गर्नेछ । सम्पूर्ण कामको पुनरवलोकन गरेपछि पानी पथान्तरण गरिने छ । प्रवक्ता शाक्यका अनुसार तीन चरणमा पथान्तरण गरिने छ ।
पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड गरिने छ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने छ । सुरुङ फिनसिङको काम सकिएको छ भने हेडवक्र्सको काम भइरहेको छ । हाललाई अ‚थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ ।
हेडवक्र्स निर्माणको काम भइरहेको छ । सम्झौता अनुसार हेडवक्र्स आगामी माघसम्म सम्पन्न भइसक्नुपर्ने छ । निरन्तर काम भइरहेकाले सम्झौता अवधिभित्रै सकिने सम्भावना रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड