अब प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत

मंसिर ८, काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ ।

विभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयमार्फत पनि प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक किरणराज शर्माले जानकारी दिए ।

विभागका अनुसार प्रदेश १ को हुलाक निर्देशनालय विराटनगर, प्रदेश २ को जिल्ला हुलाक कार्यालय धनुषा, बाग्मती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुरबाटै प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको हो ।

यसैगरी गण्डकी प्रदेशको हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रूपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूरपश्चिमको जिल्ला हुलाक कार्यालय कैलालीमार्फत पनि प्रेस पास नवीकरण र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

कोभिडका कारण स्थगित भएको नवीकरणसम्बन्धी व्यवस्था बुधबारदेखि सुचारु गर्ने र प्रदेशमा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयमार्फत थप सुविधा दिने गरी व्यवस्थापन गरिएको विभागका महानिर्देशक शर्माले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद