नक्कली नोट छाप्दै गरेका तीन जना एपीएफ टोलीद्वारा रंगेंहात पक्राउ

सिरहा, कात्तिक, जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट बिहीबार एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका तीन जनालाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ का २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ का २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन् ।

केही ब्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

केही दिन अघि देखि सो ठाँउमा डेरा गरी बसेका उनीहरुलाई त्यसबेला नक्कली नोट छापीरहेको अबस्थामा फेला पारीएको हो ।

एपीएफ टोलीले एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

ब्राउन सुगरसहित पक्राउ

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा सीमा ईलाकाबाट २६ एपीएफ टोलीले करिब ९ सय ४० ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ का २४ वर्षीय अजय चौधरी छन् ।

भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ गरेका निज चौधरीलाई ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

गाँजासहित पक्राउ
महोत्तरी जिल्लाको एकधारा गाँउपालिका ३ स्थित भटौलियाबाट एपीएफ टोलीले करिब एक सय १० किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका २ का ३० बर्षीय अम्मर कुमार थिङ छन् ।

उक्त ठाँउमा बलेरो गाडीबाट सामान झारिरहेको अबस्थामा उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश एकधाराबाट खटिएको एपीएफ टोलीले फेला पारी जाँच गर्दा उल्लेखित गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।एपीएफ टोलीले उक्त गाडी समेत बरामद गरेको छ ।

पक्राउ परेका निज थिङलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन