नक्कली नोट छाप्दै गरेका तीन जना एपीएफ टोलीद्वारा रंगेंहात पक्राउ

सिरहा, कात्तिक, जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट बिहीबार एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका तीन जनालाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ का २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ का २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन् ।

केही ब्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

केही दिन अघि देखि सो ठाँउमा डेरा गरी बसेका उनीहरुलाई त्यसबेला नक्कली नोट छापीरहेको अबस्थामा फेला पारीएको हो ।

एपीएफ टोलीले एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

ब्राउन सुगरसहित पक्राउ

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा सीमा ईलाकाबाट २६ एपीएफ टोलीले करिब ९ सय ४० ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ का २४ वर्षीय अजय चौधरी छन् ।

भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ गरेका निज चौधरीलाई ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

गाँजासहित पक्राउ
महोत्तरी जिल्लाको एकधारा गाँउपालिका ३ स्थित भटौलियाबाट एपीएफ टोलीले करिब एक सय १० किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका २ का ३० बर्षीय अम्मर कुमार थिङ छन् ।

उक्त ठाँउमा बलेरो गाडीबाट सामान झारिरहेको अबस्थामा उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश एकधाराबाट खटिएको एपीएफ टोलीले फेला पारी जाँच गर्दा उल्लेखित गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।एपीएफ टोलीले उक्त गाडी समेत बरामद गरेको छ ।

पक्राउ परेका निज थिङलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज