‘राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू’

काठमाडौं, कात्तिक २७,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको दाबी गरेका हुन्।

चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी, ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमनसहितका कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका ओलीले हल्लाको पछि नलाग्न पनि आग्रह गरे। कुनै पनि हालतमा आफूले प्रधानमन्त्रीबाट राजीनामा नगर्ने दोहो¥याएका उनले रहरले प्रधानमन्त्री नभएको तर्क गरे। जनताले छानेर पठाएको प्रधानमन्त्री भएको जिकिर गर्दै उनले भने, ‘देश विकासबाट पछि पनि हट्दिनँ र राजीनामा पनि दिन्नँ।’

‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’

पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने धारणा राख्दै ओलीले भने, ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’ महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले कसैले छाड भन्दैमा र चाहना हुँदैमा पद छाडेर हिंड्न नमिल्ने उनको तर्क थियो। अहिले पार्टीभित्र केही समस्या देखिए पनि विभाजनसम्म नपुग्ने ओलीले दाबी गरे। ‘५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै अहिले यहाँसम्म पुगेको छ, अब कसैले चाहँदैमा पार्टी फुट्न दिइन्न,’ ओलीले भने। यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र