‘राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू’

काठमाडौं, कात्तिक २७,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको दाबी गरेका हुन्।

चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी, ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमनसहितका कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका ओलीले हल्लाको पछि नलाग्न पनि आग्रह गरे। कुनै पनि हालतमा आफूले प्रधानमन्त्रीबाट राजीनामा नगर्ने दोहो¥याएका उनले रहरले प्रधानमन्त्री नभएको तर्क गरे। जनताले छानेर पठाएको प्रधानमन्त्री भएको जिकिर गर्दै उनले भने, ‘देश विकासबाट पछि पनि हट्दिनँ र राजीनामा पनि दिन्नँ।’

‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’

पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने धारणा राख्दै ओलीले भने, ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’ महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले कसैले छाड भन्दैमा र चाहना हुँदैमा पद छाडेर हिंड्न नमिल्ने उनको तर्क थियो। अहिले पार्टीभित्र केही समस्या देखिए पनि विभाजनसम्म नपुग्ने ओलीले दाबी गरे। ‘५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै अहिले यहाँसम्म पुगेको छ, अब कसैले चाहँदैमा पार्टी फुट्न दिइन्न,’ ओलीले भने। यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद