द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने

कात्तिक १८,काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ । मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौँडालाई धरान चतरासँग जोड्ने छ ।

द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ । सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन सुरु गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् । दु्रतमार्गसँग सो मार्ग जोडिएपछि काठमाडौँ र हेटाँैडा बीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ ।

प्रदेश सरकारको प्रस्तावलाई प्राथमिकतामा राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जोडिन सक्ने सम्भावित स्थान विन्दुबारे निरीक्षणसमेत गरिसकेका छन् । 

उनीहरूले कात्तिक १ गते निरीक्षण गरेका थिए । उपाध्यक्ष प्रा.डा. कँडेलले दु्रतमार्गमा मदन भण्डारी मार्गलाई जोडिन सक्ने ठाउँबारे अध्ययन भइरहेको जानकारी अध्ययनपछि ठाउँबारे टुङ्गो लाग्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद