द्रुतमार्गसँगै मदन भण्डारी मार्ग बन्ने

कात्तिक १८,काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडाबीच कम समय दूरीमा आवतजावत गर्न निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु गरिएको छ । मदन भण्डारी मार्गले राजधानीदेखि दक्षिणकाली, छैमले, सिस्नेरी, भीमफेदी हुँदै भैँसेलाई जोड्ने छ भने मदन भण्डारी राजमार्गले भने हेटौँडालाई धरान चतरासँग जोड्ने छ ।

द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्ने योजनालाई मूर्तरूप दिने बागमती प्रदेश सरकारको प्रस्तावमा सङ्घीय सरकारद्वारा अध्ययन सुरु गरिएको छ । सङ्घीय सरकारले कार्यदल बनाएर नै अध्ययन सुरु गरेको हो । कार्यदलमा सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि रहेका छन् । दु्रतमार्गसँग सो मार्ग जोडिएपछि काठमाडौँ र हेटाँैडा बीचको सडक दूरी करिब ५० किलोमिटर छोटिने बताइएको छ ।

प्रदेश सरकारको प्रस्तावलाई प्राथमिकतामा राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले जोडिन सक्ने सम्भावित स्थान विन्दुबारे निरीक्षणसमेत गरिसकेका छन् । 

उनीहरूले कात्तिक १ गते निरीक्षण गरेका थिए । उपाध्यक्ष प्रा.डा. कँडेलले दु्रतमार्गमा मदन भण्डारी मार्गलाई जोडिन सक्ने ठाउँबारे अध्ययन भइरहेको जानकारी अध्ययनपछि ठाउँबारे टुङ्गो लाग्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र