कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

email sharing button
messenger sharing button
sharethis sharing button

कात्तिक १५, काठमाडौँ – चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

एक बेञ्च, एक विद्यार्थी
राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिए ।

यस्तो छ बोर्डको तयारी
राष्ट्रिय परीक्षा बोर्र्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र्र र होम सेन्टर दिइएको छ । यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ । ४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षा हलमा रहनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद