जाडो मौसममा कोरोना भाइरसको प्रभाव कस्तो रहला ?

काठमाडाैं, कात्तिक १५ः हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ। बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन्। त्यसो त, यो मौसमी उपक्रमले भाइरस संक्रमणको जोखिम बढ्छ नै भनेर ठोकुवा गर्न नमिल्ने तर्क पनि अन्यको छ।

अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा. एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आएका छन्।

अमेरिकामा हिउँदयामको शुरुवातसँगै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। यो अत्यन्त ठूलो समस्या र चूनौती हो, उनले अमेरिकी टेलिभिजन सीएनबीसीसँगको एक अन्तर्वार्तामा हालै भनेका छन्। अन्य अध्ययनका नतिजाले पनि डा. फाउसीको चिन्तालाई थप प्रमाण दिएका छन्।

गत साता विश्व प्रशिद्ध जर्नल नेचरको अनलाइन संस्करणमा ‘किन हिउँदमा कोभिड–१९को महामारी डरलाग्दो हुदैछ’ भन्ने शिर्षकमा प्रकाशित लेखमा कोरोना भाइरस र इन्फ्लुयन्जा जस्ता श्वासप्रश्वास संम्बन्धी रोगका कारक भाइरसका संक्रमण हिउँदमा बढ्ने  र गर्मीयाममा घट्ने भन्नेबारे उल्लेख गरिएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज