सरकारी वकिल कार्यालय मार्फत मुकेश हत्या प्रकरणकाे जाहेरी दर्ता

पर्सा, कात्तिक १४ः जिल्लाको बिन्दवासी गाउँपालिका कमिटी सचिव मुकेश चौरसीयाको  हत्यामा संलग्नविरुद्ध जाहेरीसहितको निवेदन बिहीबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको छ।

चौरसीयाको हत्या भएको आठौं दिनपछि बिहीबार मृतकका भाइ महेश चौरसीयाले घटनामा संलग्न १२ जनाविरुद्ध कारवाहीको माग गर्दै जाहेरीसहितको निवेदन दर्ता गराएका हुन्।

प्रहरीले सिधै जाहेरी लिन नमानेपछि बिहीबार सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता भएको हो। महेशले दर्ता गराएको जाहेरीमा मुकेशको हत्यामा संविधानसभाका पूर्वसदस्य एंव नेकपाका नेता राजकुमार गुप्तासहित १२ जनाको नाम उल्लेख छ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बिहीबार मृतकका भाइ महेशले सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरीसहितको निवेदन दर्ता गराएको बताइन्।

निवेदनमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताइन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज