सरकारी वकिल कार्यालय मार्फत मुकेश हत्या प्रकरणकाे जाहेरी दर्ता

पर्सा, कात्तिक १४ः जिल्लाको बिन्दवासी गाउँपालिका कमिटी सचिव मुकेश चौरसीयाको  हत्यामा संलग्नविरुद्ध जाहेरीसहितको निवेदन बिहीबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको छ।

चौरसीयाको हत्या भएको आठौं दिनपछि बिहीबार मृतकका भाइ महेश चौरसीयाले घटनामा संलग्न १२ जनाविरुद्ध कारवाहीको माग गर्दै जाहेरीसहितको निवेदन दर्ता गराएका हुन्।

प्रहरीले सिधै जाहेरी लिन नमानेपछि बिहीबार सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता भएको हो। महेशले दर्ता गराएको जाहेरीमा मुकेशको हत्यामा संविधानसभाका पूर्वसदस्य एंव नेकपाका नेता राजकुमार गुप्तासहित १२ जनाको नाम उल्लेख छ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बिहीबार मृतकका भाइ महेशले सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरीसहितको निवेदन दर्ता गराएको बताइन्।

निवेदनमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताइन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड