साढे १ करोड बराबरको यार्चागुम्बासहित एक पक्राउ

दार्चुला, कात्तिक ३ः महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपियाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लास्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाइराखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बरामद यार्चागुम्बासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

जेनजी आन्दोलनबाट सय अर्बको क्षति, पुनर्निर्माण दुई महिनापछि थालिने

कार्तिक २५,काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार