नजिकियो दसैं: ठग्न थाले व्यापारीले उपभोक्ता,  उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैंनजिक आउन थालेपछि व्यापारीले प्रतिकेजी १० रुपैयाँ २० रुपैयाँ बढी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी निकायको बजार अनुगमन सयन्त्र कमजोर हुँदा व्यापारीले त्यसको फाइदा लिएको बताए । उनले दसैं नजिकिन थालेपछि व्यापारीले उपभोक्तालाई हेरेर मनपरी मूल्य लिने गरेको बताए । दैनिक उपभोग्य खाद्य वस्तु दाल गुडागुडी खाने तेल हरियो तरकारीमा अत्यधिक मूल्य बढाएर व्यापारीले उपभोक्तालाई ठग्ने काम भइरहेको छ । अध्यक्ष तिमल्सिनाले भने, ‘हप्ता दिनअघि भन्दा खाने तेल प्रतिलिटर २० रुपैयाँ महँगो भएको छ । सबै दाल गुडागुडीमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढेको छ । हरियो तरकारीमा प्रतिकेजी दोब्बर रुपैयाँ बढी लिइरहेका छन् ।

उनले भने,‘तर सरकारी अनुगमन निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागले भने बजारमा बढेको अस्वाभाविक मूल्य नियन्त्रण गर्न कुनै कदम चालेको पाइँदैन । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलको मूल्य बढेको बताए । उनले अन्य दाल गुडागुडीको मूल्यमा केही तलमाथि भएपनि नबढेको बताए । उनले खाने तेलमा भने प्रतिपोका तेलमा १५ देखि २० रुपैयाँसम्म बढेको जानकारी दिए । उनले भने,‘अहिले खाने तेलको मूल्य बढाउनु कारण नभए पनि ठूला व्यापारीले दसैं नजिकिन थालेपछि विभिन्न वहाना बनाउन थालेका छन् । हप्ता दिनको भन्दा अहिले थोक व्यापारीले खुद्रा व्यापारीलाई प्रतिपोका तेलमा १० देखि १० रुपैयाँ बढी लिने गरेका छन् ।

उनले भने,‘ठूला थोक व्यापारीले नै खुद्रा व्यापारीलाई तेलमा बढी मूल्य लिन थालेपछि खुद्रामा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको हो ।’ अन्तर्राष्ट्रिय बजारमा डरलको मूल्य पनि बढेको छैन । डरलको मूल्य घट्दै गएको छ, । ‘त्यो हिसाबले तेलको मूल्य घट्नुपर्ने हो तर ठूला व्यापारीले एक्कासि खाने तेलमा मूल्य बढाएका छन् ।

दसैं तिहारमा खाने तेलको प्रयोग धेरै हुने हुँदा ठूला व्यापारीले वर्षभरिको नाफा नभएको व्यापार दसैंमा फाइदा लिन विभिन्न बहाना बनाएर मूल्य बढाउने गर्छन्, । ठूला व्यापारीको माथिसम्म पहुँच हुन्छ उनीहरूलाई सरकारी निकायले कुनै कारबाही गर्न सक्दैन । त्यसकारणले पनि हरेक चाडपर्वमा ठूला व्यापारीले दैनिक उपभोग्य खाद्यवस्तुमा मूल्य बढाउने गर्छन् । ठूला व्यापारीले गरेको कालोबजारीको दोषी साना खुद्रा व्यापारी हुन्छ । अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी निकायले गर्ने बजार अनुगमन नै प्रभावकारी नहुँदा त्यसको फाइदा ठूला व्यापारीले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज