भिडियो कन्फरेन्स मार्फत उपत्यका ट्राफिक वैठक

काठमाडौं, असोज ११ः महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले ट्राफिक महाशाखा मातहतका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन सम्बोधन गरेका छन् ।

 

महाशाखाअन्तर्गतका ट्राफिक प्रहरी कार्यालयहरुले यस विद्यमान परिस्थितिमा सम्पादन गरिरहेको ट्राफिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्ने उद्देश्यले उक्त भिडियो कन्फरेन्स गरिएको हो ।

निर्देशन सम्बोधनका क्रममा एसएसपी ढकालले ट्राफिक प्रहरी कर्मचारीहरुलाई कोरोना भाइरस सङ्क्रमणबाट बच्न सावधानी र सुरक्षाका विधिहरु अनिवार्य रुपमा अवलम्बन गर्दै सामाजिक दुरी कायम गरी आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हर सम्भव लाग्नु पर्ने कुरा बताए ।

साथै उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त, सहज र सुरक्षित बनाई आम नागरिक प्रति उत्तरदायी भई आचरणयुक्त तथा उच्च प्रहरी व्यवसायिकता झल्किने गरी जनमूखी प्रहरी सेवा सम्पादन गर्न समेत निर्देशन गरेका छन् ।

भिडियो कन्फरेन्समार्फत ट्राफिक महाशाखा प्रमुखले महिनाको पहिलो साता मातहत युनिटलाई निर्देशन दिनुका साथै मातहतले गरेका कामको जाहेरी लिइने छ भने अन्तिम साता अन्तरक्रिया गरिने महाशाखाले जनाएको छ ।

आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धमा सर्वसाधारणसँग पनि यस्तो खालको भिडियो अन्तरक्रिया गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।