आज भारी वर्षा, भोलिदेखि मौसममा सुधार

मौसमविद् बरुण पौडेलले भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र र नेपालमा मनसुन सक्रिय गराउने वायु दुई दिनपछि कमजोर हुने बताए। ‘अहिलेको मौसमी प्रभाव शुक्रबार दिनभर रहन्छ। तर, शनिबारदेखि सुदूरपश्चिमबाट क्रमशः मौसममा सुधार आउँछ’, मौसमविद् पौडेलले भने, ‘धेरै ठाउँमा निरन्तर वर्षाको प्रभाव घट्दै जान्छ।’

पश्चिमी वायु सक्रिय भई पूर्वी वायुलाई धकेल्ने अवस्था बनेपछि मात्रै मनसुन अन्त्य हुन्छ। तर, यसपटक मनसुन सकिन अझै केही समय कुर्नुपर्ने पौडेलको भनाइ छ। उनका अनुसार आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुनेछ। त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधि विश्लेषणपश्चात मात्रै मनसुन बर्हिगमन हुने अवधि तोक्न सकिने उनको भनाइ छ।
नेपालसहित दक्षिण एसियाली मुलुकमा पछिल्ला वर्ष मनसुन अवधि धकेलिँदै गएको छ। गत वर्ष जुन २० (असार ५) मा नेपालमा सुरु भएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज २५) मा मात्रै सकिएको थियो। नेपालसहित दक्षिण एसियाका लागि अंग्रेजी महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बर मनसुन अवधि हो।

विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्मलाई नेपालको ‘मनसुनी क्यालेन्डर’ तय गरेको छ। तर एक दशकयताको मनसुन अक्टोबरमा मात्रै अन्त्य भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ। मनसुन अवधि असोजभर लम्बिन थालेपछि विभागले आगामी वर्षदेखि मनसुनी क्यालेन्डर हेरफेर गर्ने तयारी गरेको छ।

मंगलबारदेखिको निरन्तर वर्षाले मुलुकका मुख्य नदी, खोला र जलाधार क्षेत्रमा जलसतह उच्च भएको छ। नारायणी नदीले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले बिहीबार बिहान सबेरै नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई ‘मास एसएमएस’ पठाएको छ। सो भेगका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह बिहान ३ बजे र दिउँसो पनि मास एसएमएस पठाइएको विभागको बाढी शाखाका हाइड्रोलोजिस्ट सुनील पोखरेलले बताए।

उनका अनुसार बुटवलको तिनाउ, बारा र रौतहटको लालबकैया नदी आसपासका बस्ती र नवलपरासीमा पनि त्यस्तो अग्रिम सूचना पठाइएको छ। कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र चुरे क्षेत्रहुँदै बहने प्रदेश १, २ र ५ का अन्य नदी खोलामा शुक्रबार पनि जोखिम यथावत् रहेको उनको भनाइ छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारयता देशभर वर्षा भएको जनाएको छ। पछिल्लो २४ घण्टामा (बिहीबार साँझसम्म) सबैभन्दा धेरै भैरहवामा १०३.९ मिलिमिटर वर्षा भएको छ। सिमरामा ८०, विराटनगरमा ७४.७, पोखरामा ६९.५, काठमाडौंमा ५९.९ मिलिमिटर र अन्यत्र पनि दिनभर मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। टीका बन्धनले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छापेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना