फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौं, असाेज ६ः लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले निषेधाज्ञा खुलेपछि सोमबार एकै दिन राजस्व छलीमा संलग्न विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । विभागले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिने जनाएको छ ।

विभागले चितवनको सन्तोषी निर्माण सेवा, लतितपुर महानगरपालिका–१३ स्थित स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्स, बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नविरुद्ध सो परिमाणको राजस्व छलीको मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सन्तोषी निर्माण सेवाका सञ्चालकसहित ३ जनाबाट कुल ६ करोड २२ लाख ७४ हजार २८८ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

सन्तोषी निर्माण सेवाले वस्तु तथा सेवा नै खरिद नगरी झुटा र नक्कली भ्याटबिल बिक्री गरेको पाइएको छ । यसैगरी, स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका सञ्चालक उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनलका सञ्चालक हर्ष चौधरीबाट ५ करोड ८ लाख ९४ हजारको बिगो दाबी मुद्दा दर्ता गरिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर