सीमासम्बन्धी स्वाध्याय पुस्तक वितरणमा रोक

काठमाडौं, असाेज ५ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका बिक्रीवितरण नगर्न निर्देशन दिएका छन् ।

गत मन्त्रिपरिषद्को बैठकमा प्रम ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका हुन्  ।

एक साताअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा सो पुस्तक प्रकाशित भएको थियो । उच्च स्रोतका अनुसार प्रम ओलीले निर्देशन दिएलगत्तै मन्त्री पोखरेलको सचिवालयले सो पुस्तक तत्काल वितरण नगर्ने जनाएको छ ।

कूटनीतिक मर्यादाविपरीत मन्त्री पोखरेलको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको सो पुस्तकको विषयमा सरकारले गम्भीर चासो लिएको छ । सीमासँग सम्बन्धित परराष्ट्र र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाउँदै सो पुस्तकलाई तत्काल प्रतिबन्ध लगाउनसमेत आग्रह गरेको छ ।

कुनै पनि निकायले सीमासम्बन्धी सामग्री प्रकाशित गर्दा भूमि सीमाना क्षेत्रफलको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सीमासम्बन्धी विवाद र राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्छ ।

यस्ता विषय समावेश गरेर पुस्तक प्रकाशन गर्ने विषयमा नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधानलाई उल्लंघन गरी पुस्तक प्रकाशन भएपछि सबै निकायले आपत्ति जनाएका छन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद