काठमाडौँको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु

ring-road-1_NhC3mpqVg7

 भदौ १६, sharethis sharing buttonकाठमाडौँ – राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ ।पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सोमबार सडक विस्तार स्थल पुगी निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले जामको दीर्घकालीन समाधान गर्न सरकारले यस क्षेत्रमा ‘अण्डरपास तथा फ्लाइओभर’ निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी दिए ।

राजधानी भित्रिने मुख्य पूर्वी नाकाका रूपमा रहेको कोटेश्वर–जडीबुटी सडक विस्तार कार्य सुरु भई ट्र्याक खोल्ने काम भइरहेको डिभिजन सडक कार्यालय, काठमाडौँका प्रमुख कुबेर नेपालीले जानकारी दिए । सो सडकखण्डको कुल लम्बाइ पाँच सय मिटर रहेको छ ।

‘‘अबको एक हप्ताभित्र ट्र्याक खोल्ने काम सम्पन्न हुनेछ, त्यसलगत्तै सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिनेछ’’ उनले थपे, ‘‘कात्तिकभित्र ठेक्का प्रक्रिया सम्पन्न हुनेछ र त्यसको छ महिनाभित्र विस्तारका सबै कार्य सम्पन्न हुनेछ ।’’

उक्त सडक विस्तारका लागि अब कुनै पनि बाधा अवरोध नरहेको स्पष्ट पार्दै उनले विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का साथै जग्गा अधिग्रहणको कामसमेत सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार उक्त सडकखण्ड विस्तारका लागि सडकको उत्तरतिर एक लेन र दक्षिणतिर तीन लेन विस्तार गर्ने गरी जग्गा अधिग्रहण गरिएको हो । यो सडक खण्डको विस्तार कार्य कुल १२ करोड रुपियाँ लागतमा भइरहेको छ भने साढे सात रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर