August 30, 2020

मुगुमा पहिरोले प्रसुति गृह बगाउँदा लाखौँको क्षति

मुगु,भदाै १४ः जिल्लाको खत्याड गाँउपालिकामा रहेको एक प्रसुति गृह पहिरोले बगाउँदा लाखौँको क्षति पुर्याएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ३ खर्कमा अविरल वर्षा सँगै आएको पहिरोले प्रसुति गृहमा रहेका विभिन्न औजार उपकरण, स्वास्थ्य सामग्रीसहित अन्य गरी लाखौँ मूल्यको क्षति पुर्याएको छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसुति गृह (बर्थिङ सेन्टर)मा भाद्र १० गते राति आएको अविरल वर्षाले क्षति पुर्याएको हुरेन्डेक नेपालले जनाएको छ । यही २०७७ जेठ ५ गतेबाट सञ्चालनमा आएको यस प्रसुति गृह (बर्थिङ सेन्टर ) मा राखेको औषधी लगायतका अन्य सामाग्रीहरु बाढीले बगाएको छ । खोलामा आएको बाढीले रुख, काठ, माटो र ढुङ्गा बगाएर ल्याउँदा प्रसुति गृहका लागि प्रयोग हुने स्वास्थ्य सामग्री लगायत अन्य सामानहरुमा क्षति भएको हो ।

बर्थिङ सेन्टरको भान्सा कोठा र भित्रका पर्खाल भत्केर क्षति भएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नवराज रावतले जानकारी दिए।

कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगुमा कतिपय स्थानमा सडक सञ्जालसँग नजोडिएका स्थानहरुमा अझै पनि यहाँका गर्भवती महिलाहरूले दुःख खेप्दै आइरहेका छन् । खत्याड गाउँपालिकाभित्र बस्ने विकट गाउँकी गर्भवती आमाहरूको र गर्भमा रहेको बच्चाको सुरक्षाका लागि गर्भवती आमाहरूले समयमा प्रयोग गर्ने एक मात्र प्रसुति गृह केही समयअगाडि मात्र सञ्चालनमा आएको थियो ।

बर्थिङ सेन्टरमा बाढी पहिरोले क्षति पुगेपछि त्यहाँका महिलाहरुलाई सुत्केरी गराउन कठिनाइ हुने हुरेन्डेक नेपालले जनाएको छ । सोही बाढी–पहिरोले खत्याड गाउँपालिका वडा नं. ३ मा प्रसुति गृह आसपाका क्षेत्रमा रोपिएको धान बाली, कोदोलगायत अन्य अन्नबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी