August 24, 2020

कोरोना र रुघाखोकी को अचुक औसधि जलनेती, यसरी गर्नुस

 


प्राकृतिक चिकित्साअन्तर्गत योग थेरापी वा यौगिक चिकित्सामा शरीर शुद्धिकरणको लागि छ वटा वैज्ञानिक यौगिक शुद्धिकरण प्रक्रियाहरु छन्, जसलाई हामी षट्कर्म भन्छौँ । षट्कर्मभित्रको एक महत्तपूर्ण कर्म वा क्रिया हो जलनेती । यस क्रियामा एक जलनेती गर्ने भाँडा वा करुवाद्वारा नाकको एक प्वालबाट शुद्ध मनतातो, नुनिलो पानी प्रवेश गराई अर्को प्वालबाट झार्ने गरिन्छ । जसले गर्दा नाकभित्रको फोहोरको पूर्णरुपमा शुद्धिकरण हुने गर्दछ । यस विधिलाई नै जलनेती भनिन्छ ।

जलनेती गर्ने विधिहरु

• जलनेती पट वा जलनेतीका लागि बनेको करुवा आकारको ५०० मिलिदेखि ६०० मिलिसम्म पानी अटाउने भाँडो लिने ।

• आवश्यकताअनुसार दुई वा साढे दुई लिटर मनतातो पानीमा एक–दुई चम्चा नुन मिलाई मन्द नुनिलो बनाउने ।

• मनतातो, नुनिलो पानीलाई जलनेती गर्ने भाँडामा राख्ने अनि बिस्तारै नाकको बाँया प्वालमा जलनेतीको भाँडाको टुटी जोड्ने र टाउकोलाई विस्तारी दाहिनेतिर झुकाउने ।

• अनि नाकको प्वालमा बिस्तारै भाँडोको माध्यमबाट पानीको प्रवाह नाकको प्वालमा पठाउने ।

• नाकको बाँया प्वालबाट पानी पठाउँदा दायाँ प्वालबाट पानी निस्काशन हुन्छ र दायाँबाट पठाउँदा बाँयाबाट निश्काशन हुन्छ ।
• यो प्रक्रिया तीन–चार पटक दोहोर्याउने ।

• यसरी नाकबाट पानी पठाउँदा श्वासप्रश्वास मुखबाट गर्नुपर्दछ ।

•जलनेतीको विधि गरिसकेपछि नाकभित्रको फोहोर र जम्मा भएको पानीलाई फ्याँकी नाकलाई सुख्खा गराउनुपर्दछ ।

• सोको लागि थोरै अगाडि झुकेर दुबै कान बन्द गरी टाउकोलाई दायाँ–बाँया, तल–माथि गरी जोडजोडसँग नाकद्वारा श्वास फाल्नु पर्दछ, केही समय (एक, दुई मिनेट) ।

जलनेतीका फाइदाहरु

• लामो समयदेखि भइरहेको रुघा, खोकी, नाकबन्द हुने, गन्ध थाहा नपाउने एवम् पिनास, टाउको दुखाई, माइग्रेनजस्ता रोग र समस्या निराकरणका लागि फाइदाजनक रहने छ ।

• तनाव, अनिद्रा, एकाग्रतामा कमी, डिप्रेसनजस्ता मानसिक रोगहरुमा जलनेतीले समस्याको समाधान गर्नेछ ।

• धुँवा, धुलोबाट हुने एलर्जीमा महत्वपूर्ण क्रिया नै जलनेती हो ।

• नियमित जलनेती गर्नाले श्वासप्रश्वाससम्बन्धी समस्याको निराकरण गर्न सहयोग पु¥याउँछ ।

• नाकभित्र रहने फोहोर र धुलो, धुँवाबाट प्रवेश गरेका कीटाणुहरुको सफाइ गरी नाकको शुद्धिकरणको एक उच्चतमउपाय हो जलनेती

जलनेती गर्दा अपनाउनुपर्ने सावधानी

• नाकबाट पानी राख्दा मुखबाट श्वासप्रश्वास गर्नुपर्ने हुन्छ ।

• यदि नाकबाट नै गर्न थालियो भने पानी फोक्सोतर्फ जानसक्ने र दुर्घटना हुन सक्छ ।

• नाकबाट पूर्णरुपमा पानी निस्किएन र साइनेसमै रह्यो भने इन्फेक्सन बढ्नसक्छ । र जटिल समस्या हुनसक्छ ।

•नाक सुख्खा राख्नका लागि अन्तिममा जोडजोडले श्वासप्रश्वास गर्दा यदि कान बन्द गरिएन भने कानसम्बन्धी समस्या आउन सक्छ । साथै उच्च रक्तचाप, मुटुरोग, कानको इन्फेक्सन, नाकबाट रगत बग्ने समस्या र नाक पूर्ण रुपमा बन्द भएका विरामीले पूर्णरुपमा सावधानी अपनाउनु पर्दछ ।

अन्ततः जलनेती नाकको सरल शुद्धिकरण क्रिया भएतापनि यो क्रिया गर्नुपरेमा योग तथा प्राकृतिक चिकित्सक वा योग थेरापिष्टको पूर्ण निगरानिमा मात्र गर्नुपर्ने हुन्छ । यो विधि योग तथा प्राकृतिक अस्पतालहरुमा डाक्टरको निगरानीमा गराइने हुँदा सुरुको बेलामा चिकित्सकको सल्लाह र सुझाव लिएर मात्र गर्नु हुन अनुरोध गर्दछु । जलनेती गर्दा शुद्ध पानी हुनुपर्दछ । यदि फोहोर पानी भएमा इन्फेक्सन बढ्ने गर्दछ र जलनेतीमा प्रयोग गर्ने भाँडा र पानीको तापक्रम राम्रो र उपयुक्त हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन