
भदौ २ ,काठमाडौं। उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
राजधानीमा मानिसहरुको आवतजावत र भीडभाडका कारण संक्रमण बढिरहेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका सुरक्षा अधिकारीको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले सो निर्णय गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी श्याम ज्ञावालीका अनुसार निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन। खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवालाई भने खुला गरिएको छ। कुनै पनि सवारी साधान सञ्चालन गर्न पाइने छैन।
सर्वसाधारणको आवतजावतलाई पनि एक ठाउँबाट अर्को स्थनामा जान रोक लगाइएको छ। सरकारले प्रमुख जिल्ला अधिकारीलाई जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान गरेपछि मंगलबार साँझ सो निर्णय भएको हो। कोरोना रोकथाम र नियन्त्रणको बारेमा सरकारले जारी गरेका जुनसुकै नियम तथा कानुन सङ्क्रामक रोग ऐनकै अङ्ग भएको मानेर सिडियोलाई सो अधिकार दिएको छ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज