August 17, 2020

नेकपा सचिवालय बैठक आज बस्दै

whatsapp sharing buttonकाठमाडौं, भदौ १ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक महिनादिनपछि सोमबार बस्ने भएको छ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

उक्त  बैठक बिहान ९ बजेबाट सुरु हुने र बैठकले नेकपाभित्र जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने बताइएको छ ।

पार्टीभित्र देखा परेको समस्या समाधानका विषयमा छलफल गर्न र त्यसका लागि गठित कार्यदललाई वैधानिकता दिन सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सचिवालय बैठक माग गरेका थिए । पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको वैधानिकतामाथि प्रश्न उठेपछि उक्त बैठक डाकिएको हो ।

यसअघि साउन ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । त्यसयता सो बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी