आयुर्वेदिक औषधिले काेराेनाका संक्रमित छिट्टै निकाे

news_paper

उनका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीया नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भइन् । आफूले बिरामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उनले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गरेकी थिइनन् । आयुर्वेदिक चिकित्सकहरूको सल्लाहबमोजिम सोही औषधि सेवन गरको र अहिले आफूलाई समस्या नभएको बताइन् ।

आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएको र त्यसैले कोरोनालाई सजिलै जित्न सकेको उनले बताइन् । ‘अहिलेसम्म पनि कुनै पनि नराकात्मक असर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु’, उनले भनिन् ।

उनी मात्र होइन बाग्लुङका ३५ वर्षीय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताए । कतारबाट नेपाल आएका केसी भक्तपुरस्थित राधेराधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर टेस्ट गराउँदा पोजिटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उनले अस्पतालमा हुँदा तातो पानीमा बेसार र नुन हालेर दैनिक रुपमा खाएका थिए ।

केसीले भने, ‘अस्पतालको व्यवस्था धेरै राम्रो छ । कोठा तातो पानीको व्यवस्था थियो र दैनिक रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीन पटक खान दिन्थ्यो ।’ गोरखापत्र दैनिकले समाचार लेखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु