August 14, 2020

बामदेवको छ बुँदे अस्त्रले नेकपाभित्र यसरी दुर्घटना टर्यो

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारबाट तत्काल जोगिएको छ । सचिवालयका छ जना नेताहरु एकसाथ अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एकजुट भएर प्रहारमा लाग्दा पार्टी फुटको संघारमा पुगिसकेको थियो । तर, घटना मोडिएर सहमतिको बिन्दु नजिक पुग्ने अवस्था बन्यो । त्यसमा बामदेव गौतमको ‘यु टर्न’ नै मुख्य कारण छ ।

ओलीविरुद्ध बनेको मोर्चामा नेकपा उपाध्यक्ष बामदेव गौतम समेत रहेकोमा उनले अचानक आफू कुनै गुट या पक्षमा नरहेको घोषणा गरे । लगत्तै छ बुँद सहमतिको प्रस्ताव सार्वजनिक गरे जुन ओलीलाई फाइदा पुग्ने खालको थियो । यसअघि ओलीलाई राजीनामा गर्न वाध्य पार्ने समुहमा रहेका गौतमले चालेको कदमले तरंग नै ल्यायो । छ बुँदे एकताका लागि सहमतिको प्रस्तावमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैमा यथावत रहने, अर्ली महाधिवेशन गर्ने, सम्पूर्ण अधिकारसहित पार्टीको कार्यकारी अधिकारलगायतको विषय समावेश थियो ।

गौतमले छ बुँदे प्रस्ताव ल्याएकै साँझ ओली भैंसेपाटी पुगेर डिनरसहितको भेट गरे । यसलाई उनले छ बुँदे प्रस्तावलाई सहमति दिएको सन्देशका रुपमा लिइयो । नभन्दै गौतमले ओलीलाई साथ दिए । प्रचण्डले अर्को दिन भेटेर तपाईं कुन पक्ष भन्दा आफू कुनै पक्षमा नभएको तर एकताको पक्षमा रहेको भनी जवाफ दिए । यसबाट प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालमाथि दबाब बढ्यो ।

नेकपाभित्र बामदेवको यु टर्नले छ बुँदेलाई केही परिमार्जन गरी सहमतिको सुत्र निकाल्नेबारे छलफल बढ्यो । हिजो बालुवाटारमा ओली र प्रचण्डबीच यसै विषयमा छलफल केन्द्रित भयो । आज फेरि बैठक बसी विवाद समाधान गर्न कार्यदल बनाउने निर्णय भयो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, जर्नादन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुषाल छन् । समिति विष्णु पौडेल र शंकर पोखरेल ओली पक्षधर हुन्, जर्नादन शर्मा र पम्फा भुषाल प्रचण्ड निकट हुन् भने भमि रावल र सुरेन्द्र पाण्डे माधव नेपाल पक्षधर हुन् ।

यसैगरी, आज विहान प्रचण्ड र गौतमबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा नेकपा विवाद समाधानको सुत्र निकाल्नेबारे छलफल भएकोमा गौतमले छ बुँदेलाई टेकेर बढ्न आग्रह गरेका थिए । अब नेकपाभित्रको विवाद समाधानका लागि छ बुँदे नै मुख्य आधार बनेको छ । यसैको आधारमा टेकेर सहमतिको खाका बनाइने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज