उपत्यकामा लाइसेन्स वितरण स्थगित

smart-license

facebook sharing buttonकाठमाडौं, साउन २१ः सरकारले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण हाललाई स्थगित गरेको छ ।
काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण कार्य रोकेका हुन् ।
कोरोना भाइरसको संक्रमण तीव्र रूपमा वृद्धि हुँदै गर्दा सेवाग्राहीको अत्यधिक भीडका कारण हाललाई सेवा स्थगित गरिएको कार्यालयहरूले जनाएका छन् ।

चावहिलस्थित कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले अत्यधिक भीडका कारण हाललाई वितरण स्थगित गरिएको र केही दिन स्थगित गरेर व्यवस्थित गर्ने योजना भएको जानकारी दिए । ‘भीड अत्यधिक बढ्यो, हामीले सामाजिक दुरी कायम गरिदिनुस् भन्दा पनि मान्नुभएन त्यसैले केही दिन स्थगित गरेर अलिक व्यवस्थित गरौं भन्नेमा छौं,’ उनले राजधानीसँग भने ।

कार्यालय प्रमुख भट्टराईका अनुसार जोर बिजोर प्रणाली गर्ने, २ बजेपछि पनि वितरण गर्नेलगायतका विषयमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।

कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो बढ्दा संक्रमण फैलने जोखिम बढेर गएको छ । कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ । लकडाउनपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयहरूले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउन कार्यालयहरूले अनुरोध गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज