वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण

birganj-naka

पर्सा, साउन १७ः वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र एक जनाको वीरगन्ज–२ छपकैया स्थित आफ्नै घरमा मृत्यु भएको हो । थप एक महिलाको पनि मृत्यु भइसकेको छ । तर, उनको स्वास्थ्य परीक्षण रिपोर्ट आई नसकेको नारायणी अस्पतालले जनाएको छ ।

मृत्यु हुनेहरूमा वीरगन्ज–१६ नगवाका ३५ वर्षीय र वीरगन्ज–२ छपकैयाका ६५ वर्षीय पुरुष छन् । यस्तै, जगदम्बा इन्टरप्राइजेजका सिइओको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी भारतीय नागरिक हुन् । आफ्नै घरमा मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आएको नारायणी अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए ।

योसहित पर्सामा साउनमा मात्र मृत्यु हुनेको संख्या ८ पुगेको छ । मुलुकभरि भने योसहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हरेक दिन कोरोनाका संक्रमित बढ्ने र मृत्यु हुने क्रम चलिरहेको पर्सामा कोभिड अस्पतालमा बिरामी नअटेपछि १ सयभन्दा बढी होम आइसोलेसनमा नै छन् । ५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको थियो ।

तीमध्ये दुई जनाको बिहीबार अबेर साँझ मृत्यु भएको हो । पर्सामा संक्रमित भएर निको हुन बाँकी संक्रमित १ सय ८४ जना छन् । यो संख्यामध्ये २० जनालाई सेमी आइसोलेसनमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । यीबाहेकका सबै संक्रमितलाई आ–आफ्नो घरमै राखिएको उनले बताए ।

घरमा नै छोडिएका संक्रमितलाई बिहान र बेलुका स्वास्थ्यकर्मी पुगेर घरमा भए नभएको निगरानी गरिने वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले बताए । संक्रमित भएका व्यक्ति राखिएका घरमा बाहिर सूचना टाँस गर्न थालिएको उनको भनाइ छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद