दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक नबस्ने, जबर्जस्ति गरे प्रचण्ड – माधबको राजनीति बिनास हुने : ओली पक्ष

1569753929.oli-prachanda_dVG9B74z54साउन १३,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला आज बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान ९ बजे हुने भेटवार्ताले नेकपा बैठकको टुंगो लगाउने छ ।

प्रचण्ड-नेपाल समूहले बैठकलाई नियमित एजेण्डामा लैजाने र एउटा निर्णय गरेर अगाडि बढ्ने तयारी गरेपछि ओली समूहले पनि त्यसको जवाफ दिने तयारी गरेको छ । गएराती अबेरसम्म भएको छलफलका आधारमा ओली समूहले बैठक राख्न नदिने रणनीति अप्नाउने छ ।

आज पनि बिहानैदेखि प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग परामर्शमा छन् । परामर्शका आधारमा उनी बैठक स्थगित गरेर जाने तयारीमा लागेका छन् । प्रचण्डसँगको छलफलमा पनि त्यहीँ कुरा राख्ने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

नियमित छलफलमा सक्रिय एक नेता भन्छन्, ‘उहाँहरुले एक्लै बैठक राख्न सक्नु हुन्न । सहमतिमै बैठक बस्ने वातावरण बनाउनु पर्छ । बहुमतको निर्णयका आधारमा पेल्ने काम भयो भने यो पार्टी एकता नै भंग हुन्छ । आजको बैठक बस्दैन । केहीदिन रोकेर फेरि सहमतिको खोजी गर्नुको विकल्प छैन ।’

ओलीको असहमतिमा बैठक राखेमा आफूहरु बैठकमा सहभागि नहुँने पनि ती नेताले बताए । उनले भने, ‘सहमतिमा गर्नुपर्ने काम एक्लै गर्न थाल्ने हो भने पार्टी एकताको मर्मविरुद्ध हुन्छ । त्यसैले एकपक्षीय बैठकमा हामी सहभागी नहुन पनि सक्छौँ । उहाँहरुले बहुमतको खेल गर्नु भयो भने हामीले हाम्रो तयारी गरेका छौँ । उचित जवाफ दिन्छौँ ।’

उनका अनुसार यदि माधब- प्रचण्ड गुटले ओली विरुद्ध निर्मम रूपमा प्रस्तुत भएर बहुमतको दम्भ देखाउने दुस्साहस गरे भने उनिहरुको राजनितीक जीवनको पनि बिनाश हुन सक्ने तयारी आफुहरुले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय