साउन १३,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला आज बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान ९ बजे हुने भेटवार्ताले नेकपा बैठकको टुंगो लगाउने छ ।
प्रचण्ड-नेपाल समूहले बैठकलाई नियमित एजेण्डामा लैजाने र एउटा निर्णय गरेर अगाडि बढ्ने तयारी गरेपछि ओली समूहले पनि त्यसको जवाफ दिने तयारी गरेको छ । गएराती अबेरसम्म भएको छलफलका आधारमा ओली समूहले बैठक राख्न नदिने रणनीति अप्नाउने छ ।
आज पनि बिहानैदेखि प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग परामर्शमा छन् । परामर्शका आधारमा उनी बैठक स्थगित गरेर जाने तयारीमा लागेका छन् । प्रचण्डसँगको छलफलमा पनि त्यहीँ कुरा राख्ने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
नियमित छलफलमा सक्रिय एक नेता भन्छन्, ‘उहाँहरुले एक्लै बैठक राख्न सक्नु हुन्न । सहमतिमै बैठक बस्ने वातावरण बनाउनु पर्छ । बहुमतको निर्णयका आधारमा पेल्ने काम भयो भने यो पार्टी एकता नै भंग हुन्छ । आजको बैठक बस्दैन । केहीदिन रोकेर फेरि सहमतिको खोजी गर्नुको विकल्प छैन ।’
ओलीको असहमतिमा बैठक राखेमा आफूहरु बैठकमा सहभागि नहुँने पनि ती नेताले बताए । उनले भने, ‘सहमतिमा गर्नुपर्ने काम एक्लै गर्न थाल्ने हो भने पार्टी एकताको मर्मविरुद्ध हुन्छ । त्यसैले एकपक्षीय बैठकमा हामी सहभागी नहुन पनि सक्छौँ । उहाँहरुले बहुमतको खेल गर्नु भयो भने हामीले हाम्रो तयारी गरेका छौँ । उचित जवाफ दिन्छौँ ।’
उनका अनुसार यदि माधब- प्रचण्ड गुटले ओली विरुद्ध निर्मम रूपमा प्रस्तुत भएर बहुमतको दम्भ देखाउने दुस्साहस गरे भने उनिहरुको राजनितीक जीवनको पनि बिनाश हुन सक्ने तयारी आफुहरुले गरेको बताए ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता