July 27, 2020

युभेन्ट्सलाई लगातार नवौं पटक सिरी ए फुटबलको उपाधि

इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति सम्पन्‍न खेलमा जीत निकालेपछि युभेन्ट्सले उपाधि पक्का गरेको छ । साम्पडोरियालाई २-० ले हराएपछि युभेन्ट्स दुई खेल खेल्नु अगावै च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नाडेस्कीले एकएक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ६७औं मिनेटमा बर्नाडेस्कीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए ।

जीतसँगै युभेन्ट्सको ३६ खेलबाट ८३ अंक भएको छ ने पराजित साम्पडोरिया ४१ अंकसहित १५औं स्थानमा रहेको छ ।

सिरी ए फुटबलमा लगातार ९ पटक उपाधि जित्‍ने युभेन्ट्स एकमात्र टिम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि