July 27, 2020

युभेन्ट्सलाई लगातार नवौं पटक सिरी ए फुटबलको उपाधि

इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति सम्पन्‍न खेलमा जीत निकालेपछि युभेन्ट्सले उपाधि पक्का गरेको छ । साम्पडोरियालाई २-० ले हराएपछि युभेन्ट्स दुई खेल खेल्नु अगावै च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नाडेस्कीले एकएक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ६७औं मिनेटमा बर्नाडेस्कीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए ।

जीतसँगै युभेन्ट्सको ३६ खेलबाट ८३ अंक भएको छ ने पराजित साम्पडोरिया ४१ अंकसहित १५औं स्थानमा रहेको छ ।

सिरी ए फुटबलमा लगातार ९ पटक उपाधि जित्‍ने युभेन्ट्स एकमात्र टिम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल