अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छः प्रधामन्त्री ओली

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button
काठमाडाैं, जेठ ३२ः नयाँ नक्सा समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ ।’ सरकार अभूतपूर्व एकताले उत्साही छ । र, यसकै जगमा भारतसँग वार्ताको पक्षमा छ ।प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा रहेको भन्दै आगामी प्रक्रियाबारे भने, ‘संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ ।’

नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रतिनिधिसभाबाट दुई तिहाइभन्दा बढी मतले पारित भएपछि प्रधानमन्त्री ओलीले सरकारको आगामी बाटो बताएका हुन् । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा संसद्‌मा देखिएको अभूतपूर्वसहमतिले वार्ताका लागि सरकारलाई उर्जा थपेको छ । बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा बोल्दै प्रमुख दलका नेताहरुको पनि सुझाव दिएका छन्– ‘अब वार्ताबाट अगाडि बढ्नुपर्छ ।’

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारितसँगै सबैको जोड वार्तामा छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले ऐतिहासिक तथ्य, तथ्यांक, दस्तावेजका आधारमा समस्या सदाका लागि समाधान गरेर असल मैत्री–सम्बन्धको चरणतर्फ लैजान वातावरण बनोस् भन्ने आफूहरुको चाहना रहेको बताए । ‘नक्सा प्रकाशन गरेर र त्यो बाटो उद्घाटन गरेर भारतले हामी नेपालीलाई एकताबद्ध हुन, आफ्नो गुमेको जमिन फिर्ता लिन अगाडि बढ्न नकारात्मक रूपले चुनौती दियो । म त्यसका लागि ती मन्त्रीहरू र भारतीय नेताहरूलाई धन्यवाद भन्न चाहन्छु । इतिहासको जिम्मेवारी पूरा गर्न हामीलाई तपाईंहरूले घचघच्याउनुभो । तपाईंहरूले त्यसो नगरेको भए हामीले त अलि अर्कै तरिकाले समस्या समाधान गर्न चाहेका थियौं । वार्ता र संवादको बाटोबाटै समस्या समाधान होस् भन्ने चाहेका थियौं । तर, आज हामी संविधान संशोधनको घडीसम्म आइपुगेका छौं । यसको के अर्थ होइन भने र हुनु हुँदैन भने हामीले फेरि भारतसँग कुनै दुश्मनी चाहेका छौं त भन्दा विल्कुल छैनौं । हामी फेरि पनि भारतसँग यो समस्याको कूटनीतिक, शान्तिपूर्ण ढंगले समाधान गर्न चाहन्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका