June 10, 2020

 विहारका मुख्यमन्त्री योगीलाई ओलीद्वारा चेतावनी :  नेपाल हेपिन तयार हुँदैन

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे दिएको अभिव्यक्ति निन्दनीय रहेको उल्लेख गर्दै नेपाल कुनै पनि मुलुकसँग नहेपिने चेतावनी दिनुभएको छ ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले आदित्यनाथको अभिव्यत्ति नाजायज भएको बताउनुभयो ।

आदित्यथान केन्द्रीय सरकारको व्यक्ति पनि नभए पनि मुख्यमन्त्रीको रुपमा त्यसो उनले बोलेको हो भने अलोच्य विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यदी उहाँले त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन । नेपाललाई यदि उहाँले धम्क्याउन खोज्नु भएको हो भने त्यो उचित होइन । त्यो बोल्नु भएको र नेपाललाई त्यसरी धम्की दिनु भएको हो भने त्यो निन्दनीय विषय हो ।’

आदित्यनाथ भारतको केन्द्र सरकारको निर्णायक व्यक्ति नभए पनि मुख्यमन्त्रीको हैसियतमा पनि त्यस्तो बोल्न नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो । आदित्यनाथको अभिव्यक्ति नेपालमाथिको अपहेलनाका रुपमा बुझ्ने भन्दै उहाँले भन्नुभयो, ‘नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन भन्ने कुरा म योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

गत बुधबार भारत लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा महामन्त्री योगी आदित्यनाथले नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले ‘तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालले सम्झिनुपर्छ’ भनी धम्कीपूर्ण भाषा बोलेका थिए । आदित्यनाथले केही समय पहिले नेपालले सीमा निर्धारण गर्दा त्यसको परिणाम पनि ख्याल गर्नुपर्ने धम्कीपूर्ण आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज