May 15, 2020

कोरोना संक्रमण बढेपछि काठमाडौको विभिन्न स्थानमा संचालित निशुल्क भोजनस्थल बन्द

email sharing button

sharethis sharing button

काठमाडौं । बन्दाबन्दी जारी रहँदा  उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएका निःशुल्क भोजनस्थल बन्द गरिएपछि दैनिक ज्यालादारी गर्नेलाई समस्या पर्न थालेको छ । पशुपति क्षेत्रको सुमार्गी भवन, खुलामञ्च, स्थानीय तहका केन्द्रलगायत विभिन्न स्थानमा निःशुल्क स्थानीय सरकारको समन्वयमा विभिन्न सङ्घसंस्थाले श्रमिक एवं विपन्न वर्गलाई भोजन गराउँदै आएका थिए । सुमार्गी भवनको भोजनस्थल बिहीबार बन्द गरिएपछि पशुपति क्षेत्रका सयौँ मानिस खान नपाइएको गुनासो गर्न थालेको बाल सारथी संस्थाकी अध्यक्ष माला खरेलले जानकारी दिइन् ।

निःशुल्क भोजनस्थलमा धेरै मानिस जम्मा हुन थालेपछि प्रशासनले नै बन्द गरी वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको थियो । पशुपति क्षेत्रमा निःशुल्क भोजन गर्नेलाई बाल सारथीले राहत वितरण गर्न थालेको उनले बताइन् । प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र उनकी श्रीमती विमला मानन्धरको सहयोगमा श्रमिक एवं विपन्न वर्गका मानिसलाई राहत दिइएको हो । अन्य सङ्घसंस्था एवं दाताले दिएको सहयोग वडा कार्यालयको समन्वयमा वितरण गरिएको अध्यक्ष खरेलले बताइन् ।

हालसम्म एक हजार श्रमिक, विपन्न एवं पशुपति क्षेत्रमा दाताको आशमा बस्नेलाई बाल सारथीले राहत वितरण गरेको छ । उपत्यकाका अन्य स्थानमा भने वैशाख २६ गतेदेखि नै निःशुल्क भोजन बन्द गरिएको थियो । गोकर्णेश्वर नगरपालिकाका नौ वटै वडामा सञ्चालन गरिएको निःशुल्क भोजन बन्द भएपछि श्रमिक, विपन्न वर्गलाई के गर्ने भन्ने विषयमा छलफल चलाएको छ ।

नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना रोजगारसहितको राहत दिने विषयमा गृहकार्य गरिरहेका बेला उपत्यका बाहिरबाट भित्रनेका कारण कोरोनाको सङ्क्रमण फैलिएपछि असहज भएको बताउँछन् । निःशुल्क भोजन गराउनुअघि राहत वितरण गर्ने क्रममा श्रमिक हो होइन भन्ने छुट्याउन गाह्रो भएको स्थानीय तहको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित