May 15, 2020

कोरोना संक्रमण बढेपछि काठमाडौको विभिन्न स्थानमा संचालित निशुल्क भोजनस्थल बन्द

email sharing button

sharethis sharing button

काठमाडौं । बन्दाबन्दी जारी रहँदा  उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएका निःशुल्क भोजनस्थल बन्द गरिएपछि दैनिक ज्यालादारी गर्नेलाई समस्या पर्न थालेको छ । पशुपति क्षेत्रको सुमार्गी भवन, खुलामञ्च, स्थानीय तहका केन्द्रलगायत विभिन्न स्थानमा निःशुल्क स्थानीय सरकारको समन्वयमा विभिन्न सङ्घसंस्थाले श्रमिक एवं विपन्न वर्गलाई भोजन गराउँदै आएका थिए । सुमार्गी भवनको भोजनस्थल बिहीबार बन्द गरिएपछि पशुपति क्षेत्रका सयौँ मानिस खान नपाइएको गुनासो गर्न थालेको बाल सारथी संस्थाकी अध्यक्ष माला खरेलले जानकारी दिइन् ।

निःशुल्क भोजनस्थलमा धेरै मानिस जम्मा हुन थालेपछि प्रशासनले नै बन्द गरी वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको थियो । पशुपति क्षेत्रमा निःशुल्क भोजन गर्नेलाई बाल सारथीले राहत वितरण गर्न थालेको उनले बताइन् । प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र उनकी श्रीमती विमला मानन्धरको सहयोगमा श्रमिक एवं विपन्न वर्गका मानिसलाई राहत दिइएको हो । अन्य सङ्घसंस्था एवं दाताले दिएको सहयोग वडा कार्यालयको समन्वयमा वितरण गरिएको अध्यक्ष खरेलले बताइन् ।

हालसम्म एक हजार श्रमिक, विपन्न एवं पशुपति क्षेत्रमा दाताको आशमा बस्नेलाई बाल सारथीले राहत वितरण गरेको छ । उपत्यकाका अन्य स्थानमा भने वैशाख २६ गतेदेखि नै निःशुल्क भोजन बन्द गरिएको थियो । गोकर्णेश्वर नगरपालिकाका नौ वटै वडामा सञ्चालन गरिएको निःशुल्क भोजन बन्द भएपछि श्रमिक, विपन्न वर्गलाई के गर्ने भन्ने विषयमा छलफल चलाएको छ ।

नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना रोजगारसहितको राहत दिने विषयमा गृहकार्य गरिरहेका बेला उपत्यका बाहिरबाट भित्रनेका कारण कोरोनाको सङ्क्रमण फैलिएपछि असहज भएको बताउँछन् । निःशुल्क भोजन गराउनुअघि राहत वितरण गर्ने क्रममा श्रमिक हो होइन भन्ने छुट्याउन गाह्रो भएको स्थानीय तहको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ