April 16, 2020

प्रहरीले छापा मार्यो बिरगंजका मस्जिदमा,लुकेर बस्ने २६ जना भारतीय धर्मगुरु सहित पक्राउ

 

काठमाडौं। प्रदेश २ को वीरगन्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भए लगत्तै पर्सा प्रहरीले वीरगञ्जमाको छपकैया र घुसकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई पक्राउ गरेको छ।

पर्सा प्रहरी कार्यालय स्रोतका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको हो। प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो।

उनीहरु मध्ये १९ जना भारतीय जमाती र वीरगञ्जका ३ जना नेपाली मुस्लिम धर्मगुरु र ४ जना भारतबाट पाहुना आई मस्जिदमा रहेका बेला उनीहरुलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले मस्जिदमा छापा मार्दा केही व्यक्तिहरु फेला परेको बताइन्। ‘त्यहाँ शंकास्पद व्यक्तिहरु थाह पाएर प्रहरीले छापा मारेको थियो त्यहाँ रहेका धर्म गुरुहरुलाई पनि हामीले क्वारेन्टाइमा राखेका छौं’, उनले भनिन्।

स्रोतका अनुसार प्रहरी टोलीले छपकैया टोलको मस्जिदबाट ११ जना र घुसुकपुर टोलमा रहेको मस्जिदबाट १५ जना गरि २६ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेका मध्ये १९ मुस्लिम जमातीहरु, भारतको दिल्ली र सो आसपास क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भई नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ। पर्साको ग्रामीण भेगमा रहेका मदर्शा र मस्जिदमा लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दिल्लीको मरगज निजामुद्दिन दरगाहमा आयोजित तीनदिने आन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भई पर्सामा छिरेका थिए। गाउँको मस्जिदमा ४/५ दिनदेखि बसेको सूचना गाउँलेले प्रहरीलाई दिएका थिए।

प्रहरीले अहिले वीरगन्जका सबै मस्जिद सिल गरेको छ। यसअघि पर्साकै जगरनाथपुर गाउँपालिका–४ स्थित मस्जिदमा लुकेर बसेका १५ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइमा राखेको थियो।

तर ती सबै नेपाली नागरिक भएको पुष्टि भएको थियो। भारतको दिल्लीस्थित एक धार्मिक सभामा भेला भएका केही मुस्लिम नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालबाट उता गएको आशंकामा केही नेपाल छिरेका मुस्लिम नागरिकलाई पनि चैत २० गते पक्राउ गरी क्वारेन्टाइनमा राखिएको थियो।

उनीहरु सबै बारा, रौतहटका भएको खुलेको थियो। उनीहरू पनि भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने अन्तर्राष्ट्रिय तबलगीमा सहभागी भई पर्सा आएका थिए। पर्साको कन्चनपुरको मदर्शा र जगरनाथपुरको मस्जिदमा रहेका तीन जनामा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

मालपोत कार्यालय भक्तपुरबाट ११ जना ‘बिचौलिया’ पक्राउ

वैशाख ९, २०८३,भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘बिचौलिया’ प्रवेश गरी कर्मचारीलाई काम

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

ठगी, भ्रष्टाचार र मुद्दाको भुमरीमा पर्यटन क्षेत्र: यि हुन सुधारको बाटो !

अधिवक्ता तारा निधि पन्त नेपालको प्रमुख आयस्रोतका रूपमा स्थापित पर्यटन क्षेत्र अहिले गम्भीर कानुनी विवाद,

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई