April 3, 2020

पत्रकार महासंघको लेटरप्याडकाे दुरुपयोग नगर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

 

चैत २१, काठमाडौं । काठमाडौं  प्रेस डट कम र त्यसकाे कुनै समाचार हटाइएकाे भन्ने कथित प्रकरणमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टकाे नाममा आज जारी विज्ञप्तिप्रति हाम्राे गंभीर ध्यानाकर्षण भएकाे छ । यसमा सम्मानीय प्रधानमन्त्रीज्यूकाे सचिवालय वा सरकारलाई दाेष लगाउनेगरी गर्न खाेजिएकाे प्राेपाेगण्डालाई हामी खारेज गर्दछाैं । याे वक्तव्य सरासर झूठ, बेइमानीपूर्ण र तथ्यहीन रहेकाे स्पष्ट छ । र, यसबारेमा निम्न तथ्य थप प्रष्ट गर्दछाैं-

१. स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेकाे विषयमा जे निर्णय भएकाे थियाे वा छ, त्यसकाे स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै छन् । त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूकाे सचिवालय र सल्लाहकारहरू वा उहाँहरूका सराेकार नै नभएका छाेराहरूलाई जबर्जस्ती र तथ्यहीन ढंगले तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण चालबाजी, उपक्रम र रवैया खेदजनक छ । यसकाे जति भर्त्सना गरे पनि कम हुन्छ । यस षडयन्त्रमा काे संलग्न छज् ? याे सब किन गरिएकाे छ ? ककसले यसमा लगानी गरेका छन् ? ककसकाे शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दाैडधुप छ ? याे कुनै लुकेकाे कुरा छैन र हामी राम्राे जानकारी राख्दछाैं । यसमा प्रधानमन्त्रीकाे सचिवालयका हामी र असम्बन्धित सन्तानहरू समेतलाई तानेर दुष्प्रचार गर्नुकाे नियत बुझिएकै छ । हामीलाई षडयन्त्रकारीहरूजस्तै यस्ता हरकतहरूकाे पछाडि लाग्ने कुनै फुर्सद छैन । बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेकाे पनि स्पष्ट गर्न चाहन्छाैं ।

२.पत्रकार महासंघले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएकाे भनेर वक्तव्यमा जसरी भनेकाे छ, त्यसमा कुनै सत्यता छैन, बरू अत्यन्त हास्यास्पद र गैरजिम्मेवार छ । याे छाता संस्थाकाे गुटगत र निहीत स्वार्थमा नांगाे दुरूपयाेग मात्रै हाे ।

३. मैले काठमाडाै प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्माजीसँग टेलिफाेनमा कुरा गरेकाे थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जाेसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ, अझ राज्य संचालनसँग कुनै सराेकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासाे र जानकारीसमेत नभएका उहाँहरूका छाेराहरूलाई जाेडेर संप्रेषित समाचारकाे परपीडनकारी उद्देश्यबारे चासाे अवश्य राखेकाे थिएँ। मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेकाे नै थिइनँ । बरू यस षड्यन्त्रका संलग्न व्यक्तिहरू, तिनकाे उद्देश्य र विषयवस्तुबारे कुराकानी भएकाे हाे । भाेलिपल्ट समाचार हेर्दा हटेकाे देखेपछि कसमसजीलाई नै किन क्षमायाचनाकाे सार्वजनिक सूचना नगरी हटाउनुभयाे भन्ने जिज्ञासा मैले नै राखेकाे थिएँ । उहाँले कसरी हट्याे बुझ्दैछु भन्नुभएकाे थियाे । मुख्य सल्लाहकारज्यूकाे त कसैसँग यसबारेमा टेलिफाेन संवादसम्म भएकाे छैन।

४. अनि हामीले कसरी श्रव्य वा दृश्य, माैखिक वा लिखित र टेलिफाेन कुन माध्यमबाट कसलाई दबाब दियाैं ? यसकाे प्रमाण प्रस्तुत गर्न, अन्यथा छायाँयुद्दकाे तथाकथित माेर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमकाे खेतीमा नलाग्न समयमै सचेत गराउन चाहन्छाैं।

५.पत्रकार महासंघ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूकाे मात्र संगठन हाेइन। त्यसमा हाम्राे रगत, पसिना र उरवर युवावय समय लगानी भएकाे छ। आज त्यसकाे नेतृत्वमा रहेकाे काेही व्यक्तिभन्दा हामीले स्वतन्त्रताकाे संघर्षमा कम याेगदान गरेका छैनाैं । र, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन । सबैका खुट्टी र हैसियत देखेरै हामी यहाँ क्रियाशील छाैं । खासमा याे सबै सदस्यहरूकाे संगठन हाे । र, कार्यकाल सकिएर महाधिवेशनकाे सम्मुखमा उभिएकाे यस संगठनकाे लेटरप्याड र संस्थागत हैसियत दुरूपयाेग गरी आफ्ना आकांक्षाहरूकाे तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिहरूलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न ध्यानाकर्षण गर्दछाैं ।

६. अहिलेकाे स्वतन्त्रता, संविधान र राज्य संरचना हामी स्वयंले पनि संघर्ष गरेर स्थापित गरेकाे तथ्य सम्बद्ध सबैकाे जानकारीका लागि विनम्रतापूर्वक राख्न चाहन्छाैं । हामी अरूले स्थापना गरिदिएकाे राज्य प्रणालीका उपभाेक्ता भएजस्ताे व्यवहार गर्ने र हावामा मुक्का चलाएर हिड्ने धृष्टता कसैबाट पनि नगरियाेस् । हामी तथ्यकाे आधारमा सत्यकाे पक्षमा निरन्तर लडाई गरेर नै समाजलाई स्वच्छ, पारदर्शी, अझ लाेकतान्त्रिक, न्यायपूर्ण र समानतामा आधारित बनाउन राजनीतिमा सक्रिय नैदछाैं । जाेकसैका अनुचित आराेप, दुष्प्रचार र षडयन्त्रकाे विधिसम्मत मुकाबिला गर्न हामी सक्षम पनि छाैं । कुनै गलत र षडयन्त्रपूर्ण ताैरतरिका वा बलप्रयाेगप्रति हाम्राे कहिल्यै पनि विश्वास रहेन र छैन । त्यस्ताे तरिकाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कमजाेर बनाउन सकिन्छ कि भन्ने कसैलाई लागेकाे छ र त्यही दुर्नियतका साथ याे सबै गरेर हामीलाई अनावश्यक विवादमा तान्ने वा आफ्नाे करियर बनाउन तल्लीन राजनीति वा यस्ता कुनै सार्वजिक जिम्मेवारीसँग हाल शतप्रतिशत नै सराेकार नराख्ने छाेराहरूलाई मुछ्ने षड्यन्त्रमा मतियार नबन्न सबैलाई अनुराेध गर्दछाैं ।

७. राजनीतिमा सक्रिय सबैका सन्तानहरू बिग्रेका छन् र बाबुआमाकाे हैसियत दुरूपयाेग गर्न लागिपरेका छन् भन्ने गलत बुझाइका साथ रचिने हरेक षड्यन्त्रहरूको पर्दाफास गरिनु र नाङ्गेझार हुनु अनिवार्य छ ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध