काठमाडौं। कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिनभन्दै सरकारले देशभर लागू गरेको लकडाउनको अवधि ८ दिन थप गरिएको छ। यही चैत १० गते राती पहिलो पटक ७ दिनका लागि लकडाउन जारी गरिएको थियो। त्यसमा थप ८ दिन थप्ने शनिबार बसेको मन्त्रिपरिषदले निणर्य गरेको हो।मन्त्रिपरिषदले यही चैत २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको हो। नेपालमा हालसम्म ५ जना कोरोना संक्रमित फेला परेका छन्। ती मध्ये १ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको उपचार भइरहेको छ । पछिल्ला ४ वटा केस पछिल्ला ४ दिनमा आएका हुन्।
कोरोना भाइरसको प्रकोप बढेपछि सरकारले लकडाउनको अवधि बढाएको हो। छिमेकी मुलक भारतमा २१ दिने लकडाउन जारी छ। कोरोना भाइरसबाट शनिबारसम्म विश्वभर ३०हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। विश्वका सबै देश कोरोनाबाट प्रभावित भएका छन्। करिब ३ महिना पहिला चीनको वुहानबाट यो रोग फैलिएको हो।
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण