March 30, 2020

८ दिन थपियो लकडाउन(चैत २५सम्म )

 

 
काठमाडौं। कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिनभन्दै सरकारले देशभर लागू गरेको लकडाउनको अवधि ८ दिन थप गरिएको छ। यही चैत १० गते राती पहिलो पटक ७ दिनका लागि लकडाउन जारी गरिएको थियो। त्यसमा थप ८ दिन थप्ने शनिबार बसेको मन्त्रिपरिषदले निणर्य गरेको हो।

मन्त्रिपरिषदले यही चैत २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको हो। नेपालमा हालसम्म ५ जना कोरोना संक्रमित फेला परेका छन्। ती मध्ये १ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको उपचार भइरहेको छ । पछिल्ला ४ वटा केस पछिल्ला ४ दिनमा आएका हुन्।

कोरोना भाइरसको प्रकोप बढेपछि सरकारले लकडाउनको अवधि बढाएको हो। छिमेकी मुलक भारतमा २१ दिने लकडाउन जारी छ। कोरोना भाइरसबाट शनिबारसम्म विश्वभर ३०हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। विश्वका सबै देश कोरोनाबाट प्रभावित भएका छन्। करिब ३ महिना पहिला चीनको वुहानबाट यो रोग फैलिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति