March 29, 2020

२२ दिनमै १ लाख १५ हजार बढी भित्रिएका थिए नेपाल

प्रकाशित : २०७६ चैत १६ गते ७:४१

काठमाडौं । १ मार्च (२८ फागुन) देखि २२ मार्च (९ चैत) सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार सो अवधिमा नेपाल भित्रनेमध्ये ८० हजार ५ सय ४३ जना नेपाली र ३५ हजार २३ जना विदेशी नागरिक छन्।

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए ।

‘मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन्, यस अवधिमा आउने विदेशीको संख्या ३५ हजार २३ छ, अन्य सबै नेपाली छन्,’ अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख आचार्यले राजधानीसँग भने ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा ९ चैतमा रोक लगाएयता अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोही पनि नेपाली तथा विदेशी नेपाल आएका छैनन् । कोरोना संक्रमण (कोभिड १९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । यसरी संक्रमण देखिने सबै विदेशबाट आएका नेपाली छन् । सरकारले विदेशबाट आएका नेपालीलाई स्वास्थ्य परीक्षण गराउन र क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आइरहेको छ ।

पछिल्लो समय शनिबार मात्रै बेल्जियमबाट ४ चैतमा नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमण देखिएकी युवती कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

हालसम्म देखिएका संक्रमितमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाको पहिलो संक्रमण गत पुसमै देखिएको थियो । पहिलो संक्रमित उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै, दोस्रो संक्रमित १९ वर्षीया युवती पनि उपचारकै क्रममा छिन् । उनीसमेत ४ चैतमा नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमान हुँदै नेपाल आएकी थिइन् । फ्रान्सबाट आएकी उनमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

यस्तै, तेस्रो संक्रमित व्यक्ति धादिङका हुन् । उनी दुबईबाट नेपाल आएका थिए । चौथो संक्रमित समेत दुबईबाटै आएका थिए । धादिङ घर भएका ३४ वर्षीय उनी ६ चैतमा दुबईबाट इमिरेट्स एयरको विमानमार्फत भारतको राजधानी नयाँदिल्ली आएका थिए ।

उनी ७ चैतमा भारतीय विमान विस्तारा चडेर काठमाडौं उत्रिएका थिए भने ८ चैतमा बुद्ध एयर हुँदै नेपालगन्ज पुगेका थिए । त्यहाँबाट उनी सार्वजनिक बस चढेर धनगढी गएका थिए । सरकारले विदेशबाट आएका विदशीलाई भने धमाधम फिर्ता पठाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज