March 26, 2020

बिस्वमा कोरनाको कारण २१ हजार भन्दा बढीको मृत्यु, चीनमा पुनः मृत्यु हुन थाल्यो, ( तालिका सहित )

प्रकाशित : २०७६ चैत १३ गते ७:५

जसमध्ये २१ हजार २ सय जना मानिसको ज्यान गइसकेको र १ लाख १४ हजार २ सय १८ जना संक्रमित उपचारपछि घर फर्किएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पछिल्लो १४ घण्टामा मात्रै २ हजार ३ सय ६ जना संक्रमितको ज्यान गएको छ भने, ४६ हजार ३ सय ३१ जना नयाँ संक्रमित फेला परेका छन्।

जसमध्ये इटली र स्पेनमा भयावह स्थिती देखा परेको छ भने पछिल्लो समय शून्य जस्तै भएको चीनमा पनि बुधबार ६ जना संक्रमितको ज्यान गएको छ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट इटलीमा ६८३ जना मानिसको ज्यान गएको छ भने ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ।

यस्तै इटली पछि स्पेनमा पनि कोरोनाको महामारी भयावह छ । हालसम्म स्पेनमा ३ हजार ६ सय ४७ जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा मात्रै ६ सय ५६ जना मानिसले ज्यान गुमाएका छन् भने ७ हजार ४ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै स्पेनमा कोरोना संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ ।

यसैगरी कोरोना भाइरसको उद्गमस्थल चीनमा पुनः कोरोना भाइरसको संक्रमणबाट ६ जना मानिसले ज्यान गुमाएका छन् । ६७ जना नयाँ संक्रमित पनि थपिएका छन् । चीनमा अझै एक हजार २ सय ३५ जना मानिसको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

यस्तैपछिल्लो २४ घण्टामा शक्तिराष्ट्र अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् । २४ घण्टामा ११ हजार १ सय ९२ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ६६ हजार ४८ पुगेको छ । जसमध्ये हालसम्म ९ सय ४४ जना संक्रमितको ज्यान गइसकेको छ । जसमध्ये हिजोमात्रै १ सय ६४ जनाको ज्यान गएको हो ।

यस्तो छ कोरोना अपडेट तालिका

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र