March 24, 2020

कोरोनाका कारण श्रीमानकाे मृत्यु, श्रीमतीले फेसबुकमा लेखिन्- ‘लडाईं समाप्त भयो’

संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या बढ्दो छ । संसारका थुप्रै देश अहिले कोरोनासँगको युद्धमा छ । तर सबैभन्दा शक्तिशाली देश मानिने अमेरिकामाथि विभिन्न प्रश्न तेर्सिएका छन् । 

अमेरिकामा कोरोना भाइरसको कम परीक्षण भएको भन्ने खबर लगातार आइरहेका छन् । यस्तै, एक यस्ता व्यक्तिको मृत्यु भएको छ जसलाई डाक्टरले कोरोना भाइरसको परीक्षण गर्न तीन पटक अस्विकार गरेका थिए ।

डेली मेलको खबर अनुसार अमेरिकाको मिसौरीमा बस्ने ७४ वर्षका डेनिस विलसन पहिलो पटक मार्च १२ मा बिरामी भएपछि अस्पताल गएका थिए ।

उनकी श्रीमती जोनाका अनुसार उनी डाक्टरलाई भेट्न तीन पटक अस्पताल गएका थिए तर बिरामी हुँदासमेत उनको स्वास्थ्योपचार गरिएन ।

उनको शरीरमा खासै धेरै लक्षण नदेखिएकोले परीक्षण आवश्यक नभएको  भन्दै डाक्टर पन्छिएको  उनकी श्रीमतीले जानकारी दिइन् । पछि उनी असाध्यै बिरामी भएपछि एम्बुलेन्समार्फत् अस्पताल पुर्याएको श्रीमतीले बताइन् ।

तर शनिबार डेनिसको मृत्यु भयो । उनकी श्रीमतीले फेसबुकमा लेखिन्, ‘लडाईं समाप्त भयो ।’

यस्तै डेनिसजस्तै अमेरिकाका धेरै मानिसहरुले कोरोना भाइरसको परीक्षण नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अमेरिकाका प्रभावशाली जनता, सेलिब्रिटी, नेता र धनाढ्यले निकै सजिलै कोरोना भाइरसको परीक्षण गराइरहेका छन् ।

बास्केटबल असोसिएशनका थुप्रै समूहले आफ्ना सबै खेलाडीको कोरोना भाइरस परीक्षण गराएको छ ।

जोनाका अनुसार मार्च १५ मा डाक्टरले डेनिसको एक्सरे परीक्षण गर्दा उनी निमोनियाबाट पीडित भएको थाहा पाएका थिए । डाक्टरले उनलाई कोरोना भाइरसको संदिग्ध भएको थाहा पाउँदा पाउँदै पनि कोरोना भाइरसको परीक्षण नगरेको जोनाले आरोप लगाइन् । 

पछि उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । जोनाका अनुसार उनको श्रीमान्ले मृत्यु अघिको एक हप्ता निकै पीडामा बिताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन